घर पाना ब्लग

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने

0

सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ।

राजश्व धेरै उठ्ने गाडीको आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो।

यसैबीच सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ। सरकारका प्रवक्ता तथा अर्थन्त्री डा युवराज खतिवडाले कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले यो ऋण निर्ब्याजी हुने बताए।

त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको जानकारी दिए।

एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

पाँच दिन आइसोलेसन बसेपछि ढुक्क लक्ष्मी

0

२१ वर्षीया लक्ष्मी वली चैत ४ गते बिहान १० बजेतिर कतार हुँदै काठमाडौं आएकी हुन्।

उनलाई घर पुग्न हतार थियो, सोही दिन काठमाडौंदेखि बसमा दाङको लागि यात्रा तय गरिन्। ५ गते बिहानै तुल्सीपुर आएकी उनी २ घण्टाको थप यात्रापछि पश्चिम ट्वाँङखोलास्थित घर पुगिन्।

चैत १२ गते एकाएक उनलाई खोज्दै प्रहरी घरमै पुग्यो। कोरोना संक्रमित युवतीसँगै जहाजमा आएको भन्दै लक्ष्मीको खोजी भएको थियो। किनकि एकै दिन कतारबाट आएकी काठमाडौं निवासी एक किशोरीमा कोरोना भाइरसको पुष्टि भएको थियो।

आउँदा ठाउँ(ठाउँका एयरपोर्टमा स्वास्थ्य चेकजाँच हुन्थ्यो। उनलाई ज्वरो, रुघा खोकी त्यस्तो कुनै लक्षण थिएन। कतारबाट आएको १० दिन बितिसकेको थियो।

एकै दिन आएकी युवतीलाई कोरोना देखिएपछि लक्ष्मीले जहाज एउटै भए नभएको एकीन गरिन्। लक्ष्मी र काठमाडौंकी संक्रमित ती युवती एकै दिन कतारबाट आए पनि जहाज फरक परेका थिए।

‘मेरो फ्लाइट १७ तारिख दिउँसो ३ बजे कतारबाट भएको थियो,’ लक्ष्मीले भनिन् ‘संक्रमित भनिएकी युवतीको छुट्टै थियो।’

यही कुरा उनले घरमा पुगेका प्रहरीलाई सम्झाइन्। प्रहरीले मानेनन्। बबईको ट्वाङखोलाबाट ल्याएर उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखियो।

‘म सुरक्षित छु भन्ने ढुक्क थिएँ’ लक्ष्मीले थपिन् ‘तर पनि समाजको आशंका मेट्नु थियो, म प्रहरीसँगै गएँ।’ तुलसीपुरकै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उनलाई लगियो। ज्वरो, खोकी जस्ता कुनैपनि कोरोनाका संकेतहरु उनलाई थिएन।

त्यहाँ पुग्ने लक्ष्मी पहिलो व्यक्ति थिइन्। दोस्रो दिनदेखि अरुपनि आशंका गरिएकालाई त्यहाँ लगियो। अस्पतालले नमुना संकलन गरेर काठमाडौं पठाइसकेको थियो। कोरोनाले झुक्याउँछ भन्ने कुरा लक्ष्मीले सुनेकी थिइन्। चैत १६ गते साँझ अस्पतालको एक्लो कोठामा अनेक कुरा सोच्दै थिइन्।

त्यही बीचमा चिकित्सक आए। ‘चिकित्सकले तिमीलाई एउटा कुरा भनौं कि नभनौं भन्नु भयो। मनमा आँधीहुरी चल्यो,’ लक्ष्मीले भनिन् ‘तर, उहाँ खुसीले मुस्कुराउँदै भन्नुभयो तिम्रो रिपोर्ट नेगेटिभ आयो, लौ बधाई छ।’

उनले तुरुन्तै घरमा आमा आशालाई फोन गरेर उक्त कुरा भनिन्। केही बेरमै लक्ष्मीलाई लिन बबई गाउँपालिकाको गाडी आयो। राति ११ बजे घर पुग्ने बेला उनकी आमा आशा बाटोमै लिन आइन्।

लक्ष्मी ५ दिने आइसोलेसनपछि आइतबार राति मात्रै घर फर्किएकी हुन। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको आधारमा लक्ष्मीमा कोरोना भाइरसको संक्रमण नदिएपछि उनी सोही दिन नै तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएकी थिइन्।

आइसोलेसनमा बसेकोमा उनलाई कुनै आपत्ति छैन। बरु ढुक्क भएकी छिन्। बाहिरबाट आएका जो कोहीलाई जाँच गराउन उनी सुझाव दिन्छिन्।

अहिले परिवार र समाज नै ढुक्क भएको उनी बताउँछिन्। ‘यदी जाँच नगरेको भए मनमा कुरा खेल्ने ठाउँ रहन सक्थ्यो, अहिले त ढुक्क भएँ’ उनले भनिन्।

सिलिन्डर बोकेकालाई प्रहरीले सडकमै बसाएको घटनाबारे प्रधान कार्यालयले थाल्यो छानबिन

0

सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भइरहेको छ। उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ।

लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।

आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ।

‘यो कहाँको तस्बिर हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोज्न थालेका छौं,ु प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने,ुअहिले त तस्बिर मात्रै देखेका छौं तर छानबिन पछि के आउँछ त्यही अनुसार कारबाही हुन्छ।ु

यसअघि पनि सुनसरी खनारको एक भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा प्रहरीले साइकल यात्रुलाई लाठीले हानेको थियो। भिडिओ भाइरल बनेसँगै ती दुई प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिएको थियो।

एसएसपी जोशीले नागरिकमाथि यस्तोखाले व्यवहार नगर्न निर्देशन दिइएको बताए।

ुकुनै ठाँउमा भएका घटनाका आधारमा सबै प्रहरीको मूल्यांकन गर्न मिल्दैन,ु उनले भने,ुयसरी लाठी हान्नु भनेर हामीले निर्देशन दिएका छैनौं।’

राजकुमार ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले गर्दैन- ट्रम्प

0

लकडाउनले बाहिरी संसार चकमन्न छ। कोहीसँग भेट भएको छैन। घरै बसेर कोही कार्यालयका काम गर्दैछन्। कोही किताबमा घोरिएका त कोही कलाकारिता सिक्दै।

मन बहलाउने अनेक बहाना छन्, तर साथीसंगी र आफन्तीको न्यास्रोले धेरै सताउँछ। यो शारिरीक हिसाबको दुरीमा अलिकति राहत सामाजिक सञ्जालले दिएको छ, विशेषगरी फेसबुक।

संसारभर धेरै ठाउँमा लकडाउन भएसँगै सामाजिक सञ्जाल प्रयोग अति नै बढेको छ। बिबिसीको एक रिपोर्टअनुसार लकडाउन भएका देशमा फेसबुक र यो मातहतका अन्य एपमा प्रयोगकर्ता झुत्तिने समय ७० प्रतिशत बढेको छ।

सामाजिक सञ्जालमार्फत कुराकानी त भइहाल्यो, यहाँ सुरू भएका विभिन्न ुट्रेन्डु पछ्याउनेहरूको पनि ओइरो छ।

अहिले खुबै लोकप्रिय बनेको यस्तै नयाँ ट्रेन्ड हो– फेसबुक साथीका पुराना फोटा टाइमलाइनमा ब्युँताउने। अर्थात पुराना फोटामा रियाक्ट र कमेन्ट गर्ने। युवामाझ यो अझै लोकप्रिय छ।

प्रायः साथीबीच फोटामा हाँसेको रियाक्ट र २०–२५ शब्द लामो कमेन्ट गरेको पाइन्छ।

ुनयाँ ट्रेन्ड रहेछ। मेरा पुराना फोटामा पनि लामो–लामो कमेन्ट अनि रियाक्ट आइरहेको छ,ु युट्युबर सुपर मन्दिप ९मन्दिप बखुन्छेँ० ट्रेन्डबारे भन्छन्, ुअहिलेको तनावग्रस्त समयमा मान्छे रमाइलो गर्ने तरिका खोज्दैछन्। साथीहरूको पुराना फोटा हेर्दै एकआपसमा रमाइरहेका छन्।ु

सुपर मन्दिप यसलाई सकारात्मक मान्छन्। तर अधिक भए झिँजो लाग्ने बताउँछन्। भन्छन्, ुचिनी पनि बढी भए तितो हुन्छ। अत्तिनै भए त रिस उठाउने भैदिन्छ।ु

यो ट्रेन्डमा एक शिक्षकको पनि यस्तै भनाइ छ। नाम नभन्ने भन्दै उनले काम गरिरहेका समय नोटिफिकेसन आइरहँदा ध्यान हट्ने र पुनः काममा लाग्न गाह्रो हुने बताए।

कोही यो ट्रेन्डमा रमाइरहेका छन् भने कोही यसबारे दिक्दारीका ुमिमु बनाउन व्यस्त छन्। सामाजिक सञ्जालमा ट्रेन्डसँगै मिम चलिरहन्छ नै।

यसै सन्दर्भमा लोकप्रिय भएको मिम हो, प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा उर्तान खोजिएका वाक्य। प्रधानमन्त्रीको फोटोसँगै लेखिएको छ ुघरमा बस भनेको हो, पुरानो फोटो बुस्ट गर भनेको होइन।ु

त्यस्तै बलिउड निर्देशक एवम् अभिनेता आमिर खानको फोटोसँगै लेखिएको छ, ुबेरोजगार, महा बेरोजगार, अनि आउँछ पुरानो फोटो बुस्ट गर्नेहरू।ु

सामाजिक सञ्जालमा यसरी सबै वर्गका मान्छे रमाइरहेको देख्दा चार्टर एकाउन्टेन्ट कृष्णप्रसाद उपाध्यायले आफ्नो फेसबुकबाट पोस्ट गरेका छन्, ुफेसबुक रिभोलुसनपछि पहिलो पटक मान्छे अतीतमा रमाउन थालेका होलान्१ु

उनले यो ट्रेन्डलाई ुनोस्टाल्जिक भाइरसु भनेका छन् अर्थात ुपुरानो सम्झनाको भाइरसु।

ुकोरोना भाइरस त्रासले दिएको दुःख, नोस्टाल्जिक भाइरसले थम्थमाउन खोजेको छ। पहिलेपहिले हामी फुर्सद समय फोटो एल्बम हेर्थ्यौं। त्यस्तै भएको छ अहिले। मात्र माध्यम र तरिका फरक,ु कृष्णप्रसाद ट्रेन्डबारे सकारात्मक हुँदै भन्छन्, ुम आफैं पनि घरै छु। केही समय कामको भागदौडभन्दा टाढा। साथीहरूसँग सामाजिक सञ्जालमा यसरी नै रमाइरहेको छु।ु

यसरी फेसबुकमा पुराना फोटा बुस्ट गर्ने ट्रेन्ड चलिरहेका बेला इन्स्टाग्राममा भने ुअन्टिल टुमरोु अर्थात ुभोलिसम्मु चलिरहेको छ। चुनौतीका रूपमा लिइएको यो ट्रेन्डमा एक इन्स्टाग्राम प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई आफ्नो पुरानो वा हालको फोटो पोस्ट गर्न चुनौती दिन्छन्।

कोरोना भाइरसको खबरभन्दा केही पर सामाजिक सञ्जालमा यसैगरी रमाउन खोज्नेहरू धेरै छन्। कोही भने यसलाई नचाहिँदो पनि मानेका छन्।

औषधि र चिकित्सक लिएर उडेकाे नेपाल एयरलायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना

0

 बाँँके ,चैत  १५

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ । शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो। तीन जना चिकित्सकको टोली बोकेर गएको जनाइएको छ ।कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अधिकारीले बताएका छन् ।घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सशस्त्र प्रहरीको गोलो घेरामा सर्वसधारण 

0

 

चैत ,१४ बारा

बिश्व महामारीको रुप लिदै गरेको नाेबेल कोरोना भाइरस कोभिड १९ लाई रोकथाम गर्न गृहमन्त्रालयले देशभर लकडाउन गरेको अवस्थामा बारा जिल्लामा पनि चैत्र ११ गते देखि १८ गने सम्म लकडाउन गरिएको छ । सर्वसधारणलाई मास्क साबुन, सेनिटाईजर वितरण गरि जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गर्दै आएको छ ।स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोभिड १९ बाट बच्न दुरी कायम गर्न भनिएकोले सर्वसारणको दैनिक उपभोग्य वस्तु खरिद गर्नको लागि गोलो प्रणाली अपनाएको सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदीले जानकारी गराए ।जिल्लाको कोल्भी नगरपालिका,सिम्रौनगढ, महागढिमाई, कलैया उपमहानगरपालिका लगायतका ठाँउहरुमा गोलो प्रणाली लगाएको उनले बताए । बाकी स्थानीय तहमा पनि समन्वय गरि गोलो प्रणाली बनाउने काम भईरहेको समेत जानकारी गराए । किराना पसल, तरकारी बजार, औषधी पसल, कपडा पसल लगायतको किनमेल गर्ने ठाउहरुमा सशस्त्र प्रहरीको कमाण्डमा खटेका जवान लगायतकाले चुनाले कम्तीमा एक फिटको दुरी कायम गर्ने गरि गोलो बनाई किनमेल गर्ने वतावरण बनाएका हुन ।सर्वप्रथम जिल्लामा सशस्त्र प्रहरीले नै नाका लगायतका ठाउमा हेल्प डेस्क संचालन गरेको, मास्क, सेनिटाईजर, साबुन लगायत समाग्री वितरण गरेको थियो । यस्तो विपदको अवस्थामा पनि जिल्लाको विभिन्न ठाउमा जनचेतना जगाउने काम सशस्त्र प्रहरीले गरिरहेका छन ।

नमूना लैजान एम्बुलेन्स पनि मानेनन्, प्रतिष्ठान प्रमुख आफैं लिएर काठमाडौं जाँदै

0

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का एकसहित पाँच जनाको उपचार भइरहेको जानकारी दिइन्।

नयाँ आएका थप दुई जनाको स्वाबको नमूना बुधबार संकलन गरिएको उनले बताइन्। संकलित नमूना बिहीबार काठमाडौं लैजाने तयारी गरिएको छ।

‘नमूना लिएर जान कोही मान्दैनन्। एम्बुलेन्स पनि मान्दैनन्। अरू केही व्यवस्था छैन,’ भण्डारीले भनिन्, ‘त्यसैले म आफैं भोलि बिहान नमूना लिएर काठमाडौं जाँदै छु।’

उनले प्रदेशमन्त्री सुदर्शन बराल, घोराहीका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतलाई संकलित नमूना काठमाडौं पठाउने प्रबन्ध मिलाउन आग्रह गरे पनि कुनै उपाय नलागेपछि आफैं जान लागेको बताइन्।

यसबीच अन्य केही व्यक्तिले कोरोना परीक्षण निम्ति प्रतिष्ठानमा सम्पर्क गरेका छन्। पाँच जनाभन्दा बढीलाई राख्ने ठाउँको अभावमा फर्काउनुपरेको प्रतिष्ठान प्रशासनले जनाएको छ।

यसअघि नै आइसोलेसनमा राखेर उपचार भइरहेका तीन जना बिरामीको भने अझै परीक्षण रिपोर्ट आएको छैन। चैत ९ गते बुटवलका चिकित्सक आएर उनीहरूको नमूना संकलन गरेर लगेका थिए। उनीहरू सबै भारतबाट आएको प्रतिष्ठान प्रशासनले जनाएको छ।

उपकुलपति डा। भण्डारीले लामो समय हुँदा पनि संकलित स्वाबको रिपोर्ट नआएपछि आफन्त र बिरामीले गाली गर्न थालेको गुनासो पोखिन्।

प्रतिष्ठानमा बिरामीको स्वाब नमूना संकलन गर्दा चिकित्सकले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पिपिई० लगायत उपकरण आवश्यक मात्रामा उपलब्ध नरहेको चिकित्सकहरूले बताएका छन्।

युएई*बाट आएर होटल बसेका युवालाई कोरोना संक्रमण देखिएपछि होटलका अरू मानिसको खोजी गरिने

0

गत चैत ६ गते संयुक्त अरब इमिरेट्स ९युएई० बाट आएका कोरोना संक्रमित युवा धादिङका रहेको खुलेको छ।

बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मलेनमार्फत् ३२ वर्षीय ती युवा धादिङका रहेको बताएका हुन्।

सारजाह एयर अरेबियाको उडान नम्बर जी(९५३७ बाट काठमाडौं आएका उनी होटलमा बसेका थिए। तर मंगलबार उनलाई ज्वरो देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले नमूना परीक्षण गर्न पठाएकोमा हिजो राति १२ बजे नतिजा पोजेटिभ आएको हो।

मन्त्री ढकालले उनीसँगै होटलमा रहेका सबै सम्भावितहरूको सरकारले खोजी गर्ने र उनीहरूको पनि खोजी गरेर क्वारेन्टाइनमा राख्ने र परीक्षण गरिने बताए।

योसँगै नेपालमा कोरोना तीन जनामा कोरोना संक्रमण देखिएको छ।

गत चैत ४ गते पनि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

त्यस अगाडि चीनबाट आएका एक नेपाली युवामा पनि कोरोना पुष्टि भएको थियो। उक्त युवाको परीक्षण गर्न हङकङ पठाइएको थियो।

‘डाक्टरले हाम्रो ज्यान बचाइरहेका छन्, उनीहरूका घरबेटीले अनुचित गरे’

0

कोरोना भाइरस सर्ला भन्ने डरले भारतका कतिपय ठाउँमा महामारीविरूद्ध अग्रपंक्तिमा रहेर बिरामीलाई सेवा दिइरहेका चिकित्साकर्मीहरू जबर्जस्ती घरबाट निकालिएका छन्।

भारतमा अहिलेसम्म ६ सय ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ। बिरामी संख्या पाँच सय नाघेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातबाट देशभरि २१ दिन ुलक(डाउनु घोषणा गरेका छन्। यसले बजारमा रासन किन्नेहरूको भीड बढ्नुका साथै चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना भएका छन्।

राजधानी नयाँदिल्लीमै बिरामीको उपचारमा संलग्न चिकित्सकहरूबाट रोग सल्किने डरले उनीहरूलाई समुदायमा बस्न दिन हुँदैन भन्ने आवाज उठेको छ। केही चिकित्सकलाई उनीहरूका बासस्थलबाट जबर्जस्ती निकालिएको छ। कतिपयलाई घर नछाडे बिजुलीको लाइन काटिदिनेसम्म धम्की दिइएको छ।

‘डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई संक्रमण फैलाउन सक्ने भयले बहालमा बसेको घरबाट निस्कन बाध्य पारिएको छ। कतिपयलाई उनीहरू बसिरहेको घरबाट निकाल्ने काम भइसकेको छ,’ अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको रेसिडेन्ट डाक्टर्स एसोसिएसनले मंगलबार गृहमन्त्री अमित शाहलाई पठाएको पत्रमा भनिएको छ, ‘कतिपय डाक्टर झिटिगुन्टासहित बाटैमा अलपत्र छन्। लक(डाउनको बेला उनीहरू अन्यत्र जान नसक्ने स्थिति छ।’

यस्ता घटनालाई थप पुष्टि गर्ने समाचार अनलाइन पत्रिका, सर्वसाधारण तथा स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरूबाट पनि प्राप्त भइरहेका छन्।

यसबीच केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा। हर्षवर्द्धनले मंगलबार ट्वीट गर्दै चिकित्सकहरूलाई अप्ठेरोमा परिएको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन्।

‘कोरोना भाइरसबाट यसरी आत्तिनु जरुरी छैन,’ मन्त्री हर्षवर्द्धनले ट्वीटमा जनतासँग आग्रह गर्दै भनेका छन्, ‘कोरोना भाइरसको क्षेत्रमा काम गरिरहेका डाक्टर र चिकित्सकहरू संक्रमणबाट बच्न सुरक्षाका तमाम उपाय अपनाइरहेका छन्। यस्ता किसिमका दुर्व्यवहारले उनीहरूको मनोबल घट्नेछ। यसले हाम्रो सम्पूर्ण सरकारी बन्दोबस्तलाई तहसनहस पारिदिन्छ। उनीहरूको मनोबल उच्च राख्नु हामी सबैको कर्तब्य हो।’

स्वास्थ्यमन्त्रीको ट्वीटमा त्यस किसिमका घटना नयाँदिल्ली, नोयडा, वारंगल र चेन्नाइजस्ता स्थानबाट प्राप्त भएको उल्लेख छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि स्वास्थ्यकर्मीहरूलाई घरबाट निकाल्ने कदमको निन्दा गरेका छन्। उनले मंगलबारै ट्वीट गर्दै भनेका छन्, ‘चिकित्सकले हाम्रो ज्यान बचाइरहेका छन्। उनीहरूका घरबेटीले जे(जस्ता काम गरिरहेका छन्, त्यो अनुचित छ।’

गृहमन्त्री अमित शाहले प्रहरी अधिकारीहरूलाई यस मामिलामा जाँच गर्दै तत्काल कारबाही गर्न निर्देशन दिइसकेको डाक्टर एसोसिएसनका अध्यक्ष आदर्शप्रताप सिंहले बताएका छन्। घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली प्रहरीका आयुक्त आफैं एसोसिएसनमा पुगेका थिए। उनले यस्ता घटना रोक्ने र चिकित्सकहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहार हुन नदिने आश्वासन दिएका छन्।

वायुसेवा कर्मचारी पनि तारो बने

कोरोना भाइरसको संक्रमण फैलिएपछि चिकित्सक मात्र होइन, वायुसेवा कर्मचारीहरू पनि दुर्व्यवहारको शिकार भएका छन्। महामारी सुरू भएपछि चीनजस्ता मुलुकमा फसेका भारतीयलाई फिर्ता ल्याउने काममा सरिक र त्यस्तै सेवा प्रदान गर्ने अन्य वायुसेवाका कर्मचारीमाथि दुर्व्यवहार भएको हो।

इन्डिगो एयरलायन्समा कार्यरत एक विमान परिचारिकालाई त उनी संक्रमित हुन् भन्ने अफवाह फैलाएर उनकी आमालाई समेत दुर्व्यवहार गरिएको थियो। उनीहरूलाई बजारमा खानेकुरासमेत नबेचेर अमानवीय व्यवहार देखाइएको भिडिओ सार्वजनिक भएको थियो।

त्यस्तै अर्को भिडिओमा कोलकाता प्रहरीले यस्ता घटना नियन्त्रण गर्न प्रहरी तत्पर रहेको बताएको छ। ‘यी समाजका नायक हुन्। उनीहरूमाथि कुनै किसिमको दुर्व्यवहार गरिएको पाइए हामी कडाइसाथ कारबाहीमा ओर्लिने छौं,’ भिडिओमा प्रहरीले भनेका छन्।

राष्ट्रिय ध्वजावाहक एयर इन्डियाका कर्मचारीले पनि यस्तै गुनासो गरेका छन्। उनीहरूले समुदायबाट त्यस्तै किसिमका दुर्व्यवहार सहनुपरेको आइतबार उक्त एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा छ।

‘यो संकट बेला विदेशमा फसेका धेरैका श्रीमान(श्रीमती, आमाबुबा, भाइबहिनी, नजिकका आफन्त र प्रियजनलाई सुरक्षित तवरले घर ल्याउने काम यिनै एयर इन्डियाका चालकदलबाट भएको थियो। उनीहरूको योगदानलाई गलत तत्वहरूले सजिलैसँग बिर्सिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘चालकदलको त्यस्तो बहादुरीपूर्ण कदमको हामी प्रशंसा गर्छौं।’

यसबीच नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले एयरलाइन्स कर्मचारीको समर्थनमा ट्वीट गर्दै दुर्व्यवहारको घटना सुनेर आफू मर्माहत भएको बताएका छन्।

चिकित्सक र वायुसेवाका कर्मचारीमाथिको यस्तो घटनाले जनसमुदायमा बढ्दो भयको वातावरण देखाउँछ भने अर्कातिर आमधारणा र सरकारी भनाइबीचको अन्तर्विरोध पनि छर्लङ्ग पार्छ। केही दिनअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले संकट बेला सेवामा खटिएका चिकित्सक तथा अन्यको योगदानलाई सम्मान गर्न पाँच मिनेट बार्दली वा झ्यालमा उभिदिन आह्वान गरेका थिए।

२० करोड मान्छेको ज्यान लिने प्लेगको दुई हजार वर्षको इतिहास

0

सुरूमा जीउ कटकटी खायो।

त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले।

अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे।

चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ। यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो।

आज धेरैले प्लेगलाई मध्यकालीन इतिहासको कालो अध्यायका रूपमा लिन्छन्। यो त्यति बेलाको कुरा हो, जब डाक्टरहरूलाई भाइरस वा ब्याक्टेरियाबारे अत्तोपत्तो थिएन। आधुनिक चिकित्सा विज्ञानको निम्ति भने प्लेग कुनै गम्भीर विषय होइन। यसलाई धेरैले इतिहासको एउटा घटनाका रूपमा मात्र लिएका छन्। न प्लेग फैलिनुको कारणबारे बहस हुन्छ, न यो रोग कसरी फैलियो र कहाँबाट सुरू भयो भन्ने चर्चा गरिन्छ।

जुन रोगले सयौं वर्ष मानव सभ्यताको नीब हल्लाउने गरी गहिरो प्रभाव पार्‍यो, त्यो रोगबारे अझै पनि हामीलाई धेरै कुरा थाहा छैन।

दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको छ।

पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो। त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो। दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ। र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलियो।

त्यो समय यस्ता महामारीको जैविक वा वैज्ञानिक पक्षबारे मान्छे अन्जान थिए। धेरैलाई ‘मान्छेको पाप पखाल्न ईश्वरले रोगको हतियार प्रयोग गरेका हुन्’ भन्ने लाग्थ्यो।

बीसौं शताब्दीमा आइपुगेपछि बल्ल वैज्ञानिकहरूले यी तीनैवटा महामारीको कारण पत्ता लगाए। साना स्तनधारी जनावर र उपियाँमा पाइने ‘यर्सिनिया पेस्टिस’ नामको ब्याक्टेरियाबाट प्लेग रोग फैलिएको निष्कर्षमा वैज्ञानिकहरू पुगे।

यी ब्याक्टेरिया विभिन्न थरीका थिए। तीमध्ये एउटा फोक्सोको संक्रमणसँग सम्बन्धित थियो, अर्कोले शरीरका विभिन्न भागमा गाँठागुँठी र ठूल्ठूला घाउ बनाउँथ्यो।

सन् १८९० आसपास हङकङमा घुमिरहेका प्लेग निरीक्षक। तस्बिर स्रोतस् सिएनएन
सन् १९७० र १९८० दशकमा आएर इतिहासकार तथा जीव–वैज्ञानिकहरूले नयाँ कुरा औंल्याए। उनीहरूका अनुसार, दोस्रो महामारीले तेस्रोभन्दा फरक प्रतिक्रिया देखायो र धेरै मान्छेको ज्यान लियो। यही आधारमा इतिहासकार विन्स्टन ब्ल्याक ‘दोस्रो महामारीको कारण अर्कै रोग हुन सक्ने’ बताउँछन्।

‘चौधौं शताब्दीमा मध्यकालीन युरोपमा फैलिएको महामारी प्लेग होइन कि भन्ने कुरा उठेको छ,’ सयौं शताब्दीदेखि मानव सभ्यताले भोगेका महामारीबारे किताब लेखिरहेका इतिहासकार ब्ल्याक भन्छन्, ‘त्यो एन्थ्राक्स वा प्रारम्भिक चरणको इबोला पनि हुनसक्छ।’

‘एन्थ्राक्स’ भनेको गाईवस्तुबाट फैलिने ब्याक्टेरिया संक्रमण हो, जसले मान्छेको छाला र फोक्सोमा असर पार्छ। इबोला भाइरसले केही वर्षअघि अफ्रिकामा सयौं व्यक्तिको ज्यान लिएको थियो।

महामारी अन्वेषणमा सन् २००० को दशक कोशेढुंगा साबित भयो, जब वैज्ञानिकहरूले मध्यकालीन अस्थिपञ्जरका अवशेषबाट ब्याक्टेरियाको प्राचीन ‘डिएनए’ निकाल्ने क्षमता विकास गरे।

प्लेग संक्रमित अस्थिपञ्जरबाट निकालिएको डिएनएमा वैज्ञानिकहरूले ‘यर्सिनिया पेस्टिस’ ब्याक्टेरियाकै अवशेष फेला पारे। यसले अर्को प्रश्न जन्मायो– रोग फैलाउने ब्याक्टेरिया उही हो भने, किन दोस्रो महामारीले बढी मान्छेको ज्यान लियोरु

यसमा दुइटा कारण हुनसक्थ्यो — पहिलो, मध्यकालीन समयमा मान्छे सरसफाइमा ध्यान दिँदैनथे। दोस्रो, उनीहरू सानो ठाउँमा एकअर्कासँग एकदमै नजिक बसोबास गर्थे। यी दुवै अवस्थामा ब्याक्टेरिया फैलिने खतरा बढी थियो।

इतिहासकार विन्स्टन ब्ल्याक भने यसले मात्र दोस्रो महामारीको पूर्ण व्याख्या नगर्ने बताउँछन्।

‘सरसफाइ र बसोबासको कारण मात्र दोस्रो महामारी भयानक भएको मान्ने हो भने अरू महामारी फैलिँदा पनि हाम्रो अवस्था खासै भिन्न थिएन,’ उनले भने, ‘तर त्यति बेला चौधौं शताब्दीमा जस्तो तीव्र गतिले धेरै मान्छे मरेनन्।’

यसले ‘ब्ल्याक डेथ’ का सम्बन्धमा थप प्रश्न जन्माएको छ।

करिब एक दशकअघि केही वैज्ञानिकले २ हजार ६ सय वर्षभन्दा अगाडि पूर्वी एसियाबाट प्लेग रोग सुरू भएको हुनसक्ने तर्क गरे। उनीहरूका अनुसार, दोस्रो महामारी सुरूमा चीनमा फैलिएको र त्यहाँबाट ‘सिल्क रोड’ हुँदै युरोप पुगेको हुनसक्छ। ‘सिल्क रोड’ भनेको चीन र युरोप जोड्ने प्राचीन व्यापार मार्ग हो।

उनीहरूले यो पनि भने, ‘पन्ध्रौं शताब्दीमा विश्व भ्रमणमा निस्केका चिनियाँ अन्वेषक झेङ हेले यो रोग अफ्रिकामा फैलाएको हुनसक्छ।’ ती चिनियाँ अन्वेषकलाई इटालीका मार्को पोलोसँग तुलना गरिन्छ।

चिनियाँ अन्वेषक झेङ हे ९१३७१(१४३५० ले संकलन गरेको विश्व नक्सा। स्रोतस् सिएनएन
प्लेगमाथि वैज्ञानिकहरूको खोज यतिमै सकिन्न।

थप अनुसन्धान गर्दै जाँदा प्लेगको इतिहास त्योभन्दा पछाडि धकेलिएको छ। प्लेग फैलाउने ब्याक्टेरियाको डिएनए विश्लेषणबाट यो रोग हामीले सोचेभन्दा धेरै नै अगाडिदेखि रहेको पत्ता लागेको छ। डिएनए विश्लेषणका आधारमा वैज्ञानिकहरू भन्छन्, ‘यो रोग करिब पाँच हजार वर्षअघि नै युरोपमा थियो।’

यस आधारमा, दोस्रो महामारी चीनबाट फैलिएको हुनसक्छ भन्ने तर्क मान्न नसकिने विन्स्टन ब्ल्याकको भनाइ छ।

उनका अनुसार, मध्यकालीन प्लेग संक्रमित अस्थिपञ्जरको डिएनए र त्यसमा प्राप्त ब्याक्टेरिया अवशेषको जैविक विश्लेषण गर्दा प्लेग रोगको सुरूआत मध्य एसियाबाट भएको हुनसक्छ। ‘त्यहाँबाट यो रोग पूर्व फैलिँदै चीन पुग्यो,’ उनले भने, ‘चीनबाट प्राचीन व्यापार मार्ग हुँदै पश्चिम र युरोपसम्म पुग्यो।’

उनले अगाडि भने, ‘दोस्रो महामारी चीनबाटै फैलिएको मान्ने हो भने पनि चिनियाँ अन्वेषक झाङ हेले यो रोग अफ्रिकासम्म फैलाएको तर्क कुनै हालतमा मान्न सकिन्न। झाङ हेले आफ्नो जहाजमा प्लेग संक्रमित मुसा बोकेका हुन्थे त, अफ्रिका पुग्नुअघि नै जहाजका सबै जनाको मृत्यु भइसकेको हुन्थ्यो।’

जसरी दोस्रो महामारीलाई लिएर अनेक प्रश्न र शंका गरिन्छ, तेस्रो महामारीबारे खासै धेरै विवाद छैन।

उन्नाइसौं शताब्दीको यो महामारी चीनबाट फैलिएको हो भन्नेमा वैज्ञानिकहरू कुनै दुबिधा मान्दैनन्। यो रोग अहिलेको दक्षिणपश्चिमी प्रान्त युनानबाट फैलिएको उनीहरूको भनाइ छ। युनानबाट यसले हङकङको बाटो समात्यो। हङकङ त्यति बेला बेलायती उपनिवेश थियो। त्यहाँबाट प्राचीन व्यापार मार्ग टेकेर एसियाका अन्य भाग र अमेरिकासम्मको दुरी तय गर्‍यो।

‘ब्याक्टेरियाले चीनबाट बाहिरी संसारसम्म यात्रा गर्ने बाटो यही हो भन्नेमा कुनै दुबिधा छैन,’ हङकङ विश्वविद्यालयबाट प्लेगको इतिहासबारे विद्यावारिधि गरिरहेका ज्याक ग्रिटरेक्सले भने।

यसरी फैलिएको ब्याक्टेरियाले तेस्रो विश्वव्यापी प्लेग महामारीको रूप लियो।

चीनको भविष्यलाई नयाँ ढंगमा अघि बढाउन मद्दत गर्ने महामारी भने अर्कै थियो। सन् १९१० दशकमा चीनको उत्तरपूर्वी मन्चुरिया प्रान्तमा सुरू प्लेगको अर्को महामारीले हजारौंको ज्यान लियो। मान्छेको फोक्सोमा संक्रमण गर्ने यो ब्याक्टेरियाले निमोनियाका लक्षण देखाएको थियो।

त्यो समय चीनका केही भाग विदेशी शक्तिले ओगटेका थिए। त्यसमा रुसी र जापानी साम्राज्य प्रमुख थिए। मन्चुरियाको प्लेग अरू ठाउँतिर सल्किन नदिई व्यवस्थित ढंगले नियन्त्रण गर्न आफूहरू सक्षम रहेको उनीहरूको दाबी थियो।

‘चीनमा सुरक्षा जोखिम मडारियो,’ ओक्लोहामा विश्वविद्यालयका प्राध्यापक तथा चीनमा जनस्वास्थ्य अध्ययन गरेका मिरियम ग्रसले भनिन्, ‘विदेशी शक्तिको उपनिवेशलाई त्यसले वैधानिकता दिन सक्थ्यो।’

सन् १९४९ मा जब आधुनिक चीनका निर्माता माओ–त्से–तुङ शक्तिमा आए, उनले रोग नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकता बनाए। उनले यसो गर्नुमा विभिन्न कारण थिए, ग्रस भन्छिन्, ‘मुख्य कारण त, चीन आफ्नो आन्तरिक मामिला आफैं व्यवस्थापन गर्न सक्षम छ र यस्ता महामारी नियन्त्रण गर्न विदेशी सहयोगको खाँचो पर्दैन भनेर उनी संसारलाई देखाउन चाहन्थे।’

माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाए। उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्न आह्वान गरेका थिए।

माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए। यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो।

चिनियाँ सांस्कृतिक क्रान्तिको प्रचार सामग्रीमा चारवटा जनावर लामखुट्टे, मुसा, झिंगा र भंगेराबारे उल्लिखित पोस्टर। स्रोतस् सिएनएन
पछिल्लो समय चीनले आफ्नो स्वास्थ्य सेवामा व्यापक सुधार ल्याएको छ। अब चीनको जनस्वास्थ्य क्षेत्रमा प्लेगलाई खासै ठूलो समस्या मानिँदैन। तै पनि यसले बेलाबेला आफ्नो फण उठाउँछ। सन् १९८६ देखि २००५ बीच युनान प्रान्तमा प्लेग फैलिएको थियो। पछिल्लोचोटि युनानमै २०१६ मा प्लेगका बिरामी देखिएका थिए।

पछिल्लो छ सय वर्षमा ‘ब्ल्याक डेथ’ जस्तो अर्को कुनै रोग देखिएको थिएन, जसले मानव सभ्यतालाई भित्रैसम्म हल्लाइदिएको होस्। अहिले संसारको कुनै पनि मुलुकका लागि प्लेग खासै ठूलो स्वास्थ्य जोखिम होइन। तर, आज पनि वैज्ञानिक र इतिहासकारहरू नयाँ नयाँ आयामबाट ‘ब्ल्याक डेथ’ को अनुसन्धान गरिरहेका छन्।

‘प्लेगको इतिहास पछ्याउने क्रम जारी छ,’ हङकङ विश्वविद्यालयका ग्रिटरेक्सले भने, ‘हामी प्लेग भन्नेबित्तिकै युरोप तहसनहस पारेको ‘ब्ल्याक डेथ’ सम्झन्छौं। हाम्रो महामारीसम्बन्धी धेरैजसो धारणा त्यसै आधारमा बनेका छन्।’

इतिहासकार विन्स्टन ब्ल्याक भन्छन्, ‘ब्ल्याक डेथ भनेको मध्यपूर्व र युरोपको इतिहासमा कहिल्यै नमेटिने सम्झनाका रूपमा बसेको छ।’

‘यो हाम्रो अतीतको यस्तो हिस्सा हो, जसले हामीलाई आजसम्म झक्झकाउँछ।’

संवाददाता

616 पोस्ट0 टिप्पणी
51 पोस्ट0 टिप्पणी
30 पोस्ट0 टिप्पणी
4 पोस्ट0 टिप्पणी
2 पोस्ट0 टिप्पणी
0 पोस्ट0 टिप्पणी