मालारानी गाउँपालिकाको प्रमुख प्रशासकीय भबनको शिलान्यास

0
107

दिपेन्द्र खत्री,फागुन: ३गुल्मी
अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकाको प्रमुख प्रशासकीय भबनको एक कार्यक्रमका बिच शिलान्यास भएको छ । पालिका अध्यक्ष बाल्कृस्ण आचार्यले भबनको शिलान्यास गर्दै पालिका अध्यक्ष आचार्यले पालिकालाई भाडा मुक्त बनाउने गरि काम गरेको बताउदै पालिकाबाट २ करोड सम्पुरक बजेट बिनियोजन गरेको बताउनु भयो । पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले पालिका भित्रका सबै वडा कार्यालयहरु निर्माणको चरणमा रहेको बताउनु भयो । शिलान्यास कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष शोभाखर खनाल ,कार्यपालिका सद्स्य दिपा पोख्रेल , वडा सदस्य शोभाखर खनाल , नेकपा मालारानी संगठन कमिटीका सद्स्य यमलाल खनाल लगायतको उपस्थित रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्