गुरिल्ला ट्रेक अर्थात छापामार हिँडेको बाटो !

0
69

२ फागुन, रोल्पा । तत्कालीन १० वर्षे सशस्त्र जनयुद्धको उद्गम स्थल रोल्पा, रुकुमलाई मानिन्छ । उक्त समयमा तत्कालीन विद्रोही पक्षले राज्यसत्ताविरुद्ध रोल्पाको होलेरी, रुकुमको आठबीसकोट सिन्धुलीको सिन्धुलीगढीमा चौकी कब्जा गर्दै युद्धको सुरुआत गरेको थियो ।

यजनयुद्धमा धेरै मानवीय, सामाजिक र सांस्कृतिक क्षति व्यहोरेका रोल्पाररुकुम अहिले फेरि उठ्ने तर्खरमा छन् । युद्धको सुरुआती समयमा तत्कालीन विद्रोही पक्ष माओवादी छापामारहरु हिँड्न पहाडी भूभाग र त्यसमा पनि मध्य पहाडी भाग प्रयोग गर्दथे । युद्धका समयमा ती छापामारले प्रयोग गरेको बाटालाई अहिले छापामार पदमार्ग ९गुरिल्ला ट्रेक० नामाकरण गरिएको छ ।

गुरिल्ला ट्रेकका रुपमा २०७२ सालदेखि सुरु भएको यो पदमार्गमा १० वर्षे जनयुद्धताका प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी लगायत अवलोकन गर्न सकिनुका साथै मगर संस्कृतिको पनि अनुभव गर्न सकिन्छ । गुरिल्ला ट्रेकले सुर्खेत, रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी लगायतका जिल्लालाई छोएको छ ।

यस पदमार्गमा पर्ने मुख्य आकर्षक भने रोल्पाको जलजला र बागलुङको ढोरपाटन शिकार आरक्षण भएको गुरिल्ला ट्रेकका प्रवर्धक सुरेन्द्र रानामगर सुनाउँछन् । ‘यस ट्रेकलाई ३ भागमा बाँडिएको छ,’ उनले भने, ‘एउटा भागबाट १० दिनको र अर्को भागबाट १४ दिनको यात्रामा यो पदमार्ग पूरा गर्न सकिन्छ ।’ पदमार्गको सुरुआत रोल्पादेखि गर्दा पनि हुने र बागलुङको ढोरपाटन क्षेत्रबाट गर्दा पनि पूरा गर्न सकिने उनले सुनाए ।

गुरिल्ला पदमार्ग अन्तर्गतको १० दिने पदमार्ग रोल्पाको सुलिचौरबाट सुरु गर्न सकिन्छ । सुलिचौरबाट सुरु हुने पदयात्रा जेल्बाङ जलजला, थबाङ, रुकुम तकसेरा, हुँदै ढोरपाटनसम्म पुग्न सकिन्छ । ‘आजभोलि जेल्बाङ ठूलो गाउँसम्म यातायातको सुविधा छ । त्यहाँसम्म गाडीमा गएर पदयात्रा पनि गर्न सकिन्छ,’ रानाले भने ।

१४ दिने यात्राको लागि ढोरपाटनबाट पदयात्रा सुरु गर्नुपर्छ । गुरिल्ला ट्रेकका अध्येतासमेत रहेका रानाले भने, ‘ढोरपाटनबाट फागुनेधुरी निस्केर रोल्पाको गाम, मैकोट हुँदै रुकुम खलंगा निस्कन सकिन्छ । यो अलि लामो यात्रा हुन जान्छ । तर, उत्तिकै रमाइलो पनि हुन्छ ।’ उनले पदमार्ग ढेडदेखि २ सय किलोमिटरसम्म लामो भएको सुनाए । उनले अर्को रुट पोखरादेखि, ढोरपाटनहुँदै सुरु हुने र त्यो २१ दिन लामो पदयात्रा भएको सुनाए ।

रुटको गाइडबुक अमेरिकी नागकरि एलोन्जो ल्योन्सले तयार पारेका छन् । यो पदयात्राका क्रममा ढोरपाटनमा शिकार खेल्न सकिने र रोल्पा जलजला क्षेत्रको धार्मिक तथा पर्यावरणीय दृश्यावलोकन गर्न सकिन्छ । यस रुटबाट जलजला हिमाल, सिस्ने हिमालसहित धौलागिरि हिमशृंखलाको अवलोकन गर्न सकिने गुरिल्ला ट्रेकका अध्येता सुरेन्द्र रानामगरले बताउँछन् ।

पदयात्रीले यो यात्राका क्रममा युद्धका अवशेषसहित धार्मिक एवं मगर सांस्कृतिक सम्पदाहरुको अनुभव लिन सक्ने रोल्पा जेल्बाङ निवासी नेकपा केन्द्रीय सल्लाहकार चन्द्र बुढामगर ‘शेष’ले सुनाए । ‘यो पश्चिम क्षेत्र भनेको जनयुद्धको उद्गमस्थल मानिन्छ । यो पदमार्गको पदयात्राका क्रममा जनयुद्ध इतिहासका साथै यहाँका मगर संस्कृतिलाई नजिकैबाट नियाल्न सकिन्छ,’ उनले भने, ‘यहाँका मगर भाषा र संस्कृति अन्य ठाउँका भन्दा फरक छ । त्यसैले पर्यटकलाई नौलो अनुभव हुन सक्छ ।’

शेषले यो पदमार्गमा यात्राका क्रममा जनयुद्धपछिको देशको अनुहार हेर्न पनि गुरिल्ला ट्रेकमा पदयात्रा गर्न आग्रह गरे । ‘यो बाटो कस्तो छ रु ठाउँ कस्तो छ रु रोल्पाली, रुकुमेली किन जनयुद्धमा होमिए र आजभोलि उनीहरुको अवस्था के छ भन्नेबारे अध्ययन गर्न पनि यो पदमार्गमा पदयात्रा राम्रो विकल्प हुन सक्छ,’ उनले भने । गुरिल्ला पदमार्गमा अधिकांश बस्ति द्वन्द्वपीडितका भएकाले पदयात्रीले युद्धलाई नजिकबाट अध्यनन गर्न सक्ने उनी सुनाउँछन् ।

‘कतिपय ठाउँमा त मानवीय बस्ति पनि छैन । मान्छेको बस्ति नभएको ठाउँमा पनि जनमुक्ति सेनाले सेल्टर बनाएर आफ्नो सुरक्षामा आफैं खटिन्थे,’ शेषले भने, ‘कुनै ठाउँमा संरक्षण अभावले अवशेष पनि बाँकी छैन । तर, कुनै ठाउँमा अझै भग्नावशेष छन् ।’ उनले तत्कालीन समयमा भेडा गोठालाहरुले प्रयोग गरेका बाटा नै जनमुक्ति सेनाहरुले प्रयोग गरेको सुनाए ।

१० वर्षे युद्ध स्मारकका रुपमा यो पदमार्गलाई प्रयोग गर्न सकिने भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको शिक्षक प्रकाश रोकामगर सुनाउँछन् । ‘जनयुद्धमा रोल्पाले ठूलो क्षति भोग्यो । हाम्रै गाविसबाट ७३ जनाले ज्यान गुमाए । यस पदमार्गलाई राम्रोसँग प्रचारप्रसार गर्न सकेको भए इतिहास अध्ययनका लागि पनि राम्रो खुराक बन्न सक्थ्यो,’ उनले दुखेसो पोखे, ‘तर, यहाँ सम्बन्धित पक्ष र निकाय नै मौन बस्दा जति प्रचार र लोकप्रिय हुनुपर्थ्यो त्यति भएको छैन ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्