गुल्मी अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम

0
16

गुल्मी । गुल्मी जिल्ला अस्पताल तम्घासमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको मंगलबार शुभारम्भ गरे ।

निक साइमन ईन्स्टिच्युटको करिब ४५ लाखको आर्थिक सहयोगमा यो सिस्टम गुल्मी अस्पतालमा सञ्चालनमा आएको छ । मन्त्री बरालले सहयोग गर्ने निक साइमन ईन्स्टिच्युटलाई धन्यवाद दिए । उनले स्थानीय स्वास्थ्य संस्था, जिल्ला र प्रादेशिक अस्पताललाई जनताको पहुँचमा स्थापित गर्न प्रदेशको तर्फबाट समेत थुप्रै पहलहरु भएकाले यो बीचमा सहजीकरण गर्ने संस्थाहरु पनि जनताकै पक्षमा रहेको बताए ।

उनले यो बर्ष एक सय २० बर्थिङ्ग सेन्टरको स्तरबृद्धि, विभिन्न तहका स्वास्थ्यकर्मीहरुलाई तालिम र नयाँ बर्षबाट जिल्ला अस्प्तालहरुमा आसियु सेवा सञ्चालन गर्ने योजना अगाडी बढाएको बताए ।

इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको प्रयोगले अस्पतालमा कागजको प्रयोगमा न्यूनीकरण गर्ने अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । टिकट, ओपिडी, ल्याब र एक्सरेलगायत काम कम्प्युटर नेटवर्किङ मार्फत हुने पच्याले बताए ।

त्यस्तै जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो सिस्टमले रेकर्डको व्यास्थापन र समयको बचतसंगै कागजको प्रयोगमा न्यूनीकरण गर्दै सेवा प्रवाहलाई अझै नागरिक मैत्री बनाउन थालिएको बताए ।

निक साइमन ईन्स्टिच्युटका प्रमुख कार्यक्रम निर्देशक काशिम शाहाले अस्पतालहरुको सेवालाई अब्बल र थप नागरिकमैत्री बनाउनकै लागि आफुहरुले जनशक्ति, तालिम र उपकरणहरुको सहयोग गर्दै आएको बताए ।

मन्त्री बराल आफुनै बिरामी अर्थात सेवाग्राही बनेर सिस्टमको सवै अवस्थाको बारेमा जानकारी लिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्