स्ववियु निर्वाचनको नाममा रकम असुल्न खोजेपछि क्याम्पसमा तालाबन्दी

0
20

कैलाली । कैलालीको मध्यवर्ति क्षेत्रमा रहेको घोडाघोडी बहमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेपछि तालावन्दी गरिएको हो ।

फागुन १४ गते हुने स्ववियु निर्वाचन लागि हाल सम्मको तिर्नुपर्ने र तिर्न बाँकी रहेको सहित थप २ हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने बताएपछि विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको हो । स्ववियुका नाममा शुल्क उठाउन नपाउने भन्दै आन्दोलन भए पछि बिहीबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

बैठकमा कुनै सहमति हुन सकेन । तर क्याम्पस प्रशासनले बिहीबार बसेको बैठकले निर्णय गरेको भन्दै विद्यार्थीलाई सूचना जारी गरेपछि नेपाल विद्यार्थी संघ र अनेरास्वयूले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरेका हन् ।

विज्ञप्तिमा क्याम्पसले विविध शीर्षकमा लिँदै आएको शुल्क हटाउनुपर्ने, स्ववियुबापत काटिएको रकम स्ववियुको खातामा हुनुपर्ने, प्रयोगात्मक शुल्क घटाउनुपर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्तिबाट काटिएको १ हजारको हिसाब सार्वजनिक गर्नुपर्ने, र बक्यौता रकमको विषयमा छलफल गरी समाधान निकाल्नुपर्नेलगायतका माग राख्दै तालावन्दी गरिएको स्ववियु सभापति जीवन बिसीले जानकारी दिए ।

विद्यार्थीको समस्याप्रति क्याम्पस प्रशासन गम्भीर नभएको र ‘प्रशासन अझै पनि विध्यार्थीको  मुद्धामा गम्भीर नदेखिएकोले समस्या समाधान नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाई छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्