रेल इन्जिनियरिङ पढ्न चीन पठाएर काम भने शैक्षिक जनशक्ति विकास केन्द्रमा

0
106

दुई वर्षअघि रेल विभागले दुई इन्जिनियर ९अधिकृत०लाई रेल इन्जिनियरिङ पढ्न चीन पठायो। रेल इन्जिनियरिङमा दुई वर्षे स्नातकोत्तर पढ्न उनीहरू चीन पुगे।

दुईमध्ये एक थिए, सन्त महर्जन। महर्जनले ७ वर्षदेखि नेपाल सरकारको इन्जिनियर रूपमा काम गरिरहेका थिए।

नेपालमा रेलको चर्चा चुलिए पनि विज्ञ कर्मचारी थिएनन्। कर्मचारीको अभाव नखड्कियोस् भनेर चीन सरकारले नेपाली इन्जिनियरलाई थप अध्ययन अवसर दिने प्रस्ताव गर्‍यो।

चीनको छात्रवृत्तिको प्रस्ताव विभागमा आइपुग्यो। विभागले भएका इन्जिनियरमध्ये महर्जनसहित २ जनालाई रेल इन्जिनियरिङ पढ्न पठाउने निर्णय गर्‍यो।

‘चीन सरकारले विभागमै छात्रवृत्तिमा पढ्न माग गरेकोले मलाई पठाएको हो,’ महर्जनले भने।

चीन गएर महर्जनले ‘रेल ट्रान्जिट इलेक्ट्रिफिकेसन र इन्फर्मेसन टेक्नोलोजी’ विषयमा स्नातकोत्तर गरे।

‘नेपालमा रेलको चर्चा भइरहेको बेला मैले अध्ययन गरेको विषय अहिलेको समयमा निकै सान्दर्भिक थियो,’ महर्जनले भने, ‘उनीहरूले पनि नेपालको लागि यो विषय सान्दर्भिक ठानेरै छात्रवृत्तिमा पढ्न बोलाएको हो।’

दुई वर्षे कोर्ष सकिन तीन महिना बाँकी हुँदा उनले एउटा खबर पाए(रेल विभागबाट उनको सरूवा भइसक्यो।

उनी पढाई सकेर फर्किए। तर चीनमा जे पढेका थिए नेपालमा त्यसको अभ्यास गर्न पाएनन्। उनी अहिले भक्तपुरस्थित शैक्षिक जनशक्ति तथा विकास केन्द्रमा पुगेका छन्।

‘सुरूमा निकै नराम्रो लाग्यो, मैले नेपाल गएर रेलकै विषयमा कति धेरै अध्ययन गरौंला भन्ने सोच बनाइरहेको थिएँ। तर, सरूवा भएछ,’ उनले भने,‘ हामी सरकारी कर्मचारी सरकारले पठाएको ठाउँमा काम गर्नैपर्छ। तर अहिलेको समयमा रेल विभागमै बसेर काम गरेको भए राम्रो हुन्थ्यो जस्तोचाहिँ लागेको थियो।’

रेल इन्जिनियरिङ पढेका महर्जनको सरूवा भएको विभागमा भने अहिले पनि कर्मचारी अभाव छ।

दक्ष कर्मचारी नभएको भन्दै नयाँ प्रविधिक कर्मचारी आउटसोसिङ गर्ने विभागको तयारी छ।

विभागका अनुसार महर्जन इलेक्ट्रोनिक इन्जिनियरको रूपमा कार्यरत थिए। इलेक्ट्रोनिक इन्जिनियरको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्छ।

मन्त्रालयले विभागबाट उनलाई अन्यत्र सरूवा गरेर उनको ठाउँमा नयाँ इन्जिनियर पठाएको छ।

‘चीनबाट फर्किँदा मेरो ठाउँमा नयाँ इन्जिनियर हाजिर भइसक्नुभएको थियो,’ महर्जनले भने, ‘मैले विभागको डिजीलाई भनें पनि। एउटै दरबन्दीमा दुई जना कर्मचारी राख्न नमिल्ने भएकाले विभाग छोड्नै पर्‍यो।’

विभागमा बस्छु भन्यो भने केही स्वार्थ छ भन्छन् भन्ने लागेर सरकरले पठाएको ठाउँमा गएको उनी बताउछन्।

महर्जनलाई अहिले दुई वर्षसम्म पढेको ज्ञानको उपयोग नभएकोमा थकथकी छ।

‘यहाँको काम त सबै इन्जिनियरले गर्ने सामान्य हो। मैले चीनमा रेलकै विषयमा पढेकाले रेल विभागमै काम गर्न पाएको भए पढेको कुरा काममा प्रयोग हुन्थ्यो,’ महर्जनले भने।

विभागका अधिकारी हचुवाका भरमा गरिएको यो सरूवाले विभागलाई मात्र नभई देशलाई नै घाटा पुगेको बताउँछन्।

‘उहाँ हाम्रो लागि अत्यन्तै चाहिने इन्जिनियर हुनुहुन्थ्यो, तर सरकारले गरेको निर्णयमा हामी केही भन्न सकिदैन,’ विभागका एक अधिकारीले भने।

रेल विभागमा नभएपनि आफूलाई रेलको बारेमा चासो भएकाले त्यसकै रिसर्चमा समय दिने महर्जनले बताए।

‘म रेलबाट टाढा गएको छैन, व्यक्तिगत रूपमा यसैको अध्ययनमा समय दिन्छु,’ उनले भने।

रेल इन्जिनियरिङ पढेको मान्छेलाई किन अन्तै सरूवा गरेकोरु भन्ने प्रश्नमा सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले कर्मचारीको जहाँ जरूरी हुन्छ त्यहीँ लगिने बताए।

‘कर्मचारीको आवश्यकता र सेवा समूह अनुसार सरूवा हुन्छ। फेरि कुनै ठाउँमा जरूरी भयो भने ल्याउनै नसकिने भन्ने हुन्न,’ तिवारीले भने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्