तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ

0
137

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका छन्।

राहदानी नम्बर सिई २८०७२ बाक ४१ वर्षीया हेरेरा एर्टेगा ओल्गालाई मंगलबार बिहान पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

उनले बोकेको सुटकेसभित्र उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्