महिला प्रहरीको पेस्तोल लिएर केटासाथी भागेपछि…

0
72

गोली लोड भएको पेस्तोल बोकेर आफूसँग बस्दै आएका केटासाथी भागेपछि नेपाल प्रहरीकी एक जवान पक्राउ परेकी छिन्।

घटना जनकपुरको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड ती महिला प्रहरीको पेस्तोल उनका केटासाथी सिवेन्द्र यादवले लिएर भागेका हुन्। यादव सोमबार राति १० बजेदेखि फरार छन्।

यादव नवलपरासी देउडावा(६ का हुन्। उनी केही सातायता ती महिला प्रहरीसँगै जनकपुरमा बसिरहेका थिए।

जनकपुर उपमहानगरपालिका(४ भैरव चोकमा उनीहरू डेरामा बस्थे।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार महिला प्रहरी स्वंयले पेस्तोल लिएर आफूसँग बस्दै आएका यादव भागेको रिपोर्ट गरेकी हुन्।

‘नवलपरासी जिल्लाको मान्छेसँग चिनजान, सम्पर्क र हतियार नै बोकेर हिँड्नु शंकास्पद छ,’ प्रदेश २ का प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले भने, ‘महिला प्रहरीमाथि अनुसन्धान भइरहेको छ, भागेका व्यक्ति फेला परिसकेका छैनन्।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्