ग्रेटाले उल्टै उडाइन् ट्रम्पलाई

0
42

टाइम म्यागेजिनले वर्ष व्यक्ति २०१९ बनाएकी जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटा थनबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मजाक उडाएकी छिन्।

टाइम्सले वर्ष व्यक्ति बनाएपछि १६ वर्षीया थनबर्गलाई ट्रम्पले धेरै नरिसाउनु भन्दै जिस्काएका थिए।

बिहिबार बिहान राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ग्रेटालाई रिस व्यवस्थापनको काम गर्न आग्रह गरेका थिए। त्यसपछि साथीसँग बसेर राम्रा पूरानो सिनेमा हेर्न सुझाव दिएका थिए।

ुनिकै हास्यास्पद। ग्रेटाले आफ्नो रिसलाई वशमा ल्याउन काम गर्नुपर्नेछ, त्यसपछि साथीसँग बसेर राम्रा पूरानो सिनेमा हेर्नुु, ट्रम्पले भनेका थिए,ुशान्त होऊ ग्रेटा शान्त।ु

ट्रम्पले ग्रेटालाई जिस्काएपछि उनले उल्टै ट्रम्पको मजाक उडाएकी छिन्।

उनले ट्रम्पको सुझावलाई आफ्नो ट्वीटर प्रोफाइलमार्फत जवाफ फर्काएकी हुन्।

ुएक किशोरी आफ्नो रिस व्यवस्थापनको समस्यालाई वशमा ल्याउन कोशिश गरिरहेकी छेु, उनले लेखेकी छन्,ुअहिले साथीसँगै बसेर राम्रो पूरानो सिनेमा हेर्दैछे।

आफू वर्ष व्यक्ति नबनेको झोंकमा ट्रम्पले थनबर्गलाई जिस्क्याएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्