आरोपहरूबारे दया र सौगातको जवाफ- सबै कुरा हाम्रो हातमा हुँदैन

0
56

दयाहाङ राईले सौगात मल्ललाई गुरुकुलको डाँडामा पहिलो पटक देखेका थिए।

ुजात सोध्नु जोगीकोु नाटकमा गरेको कामपछि राम्रो कलाकार भनेर सौगात दयाको दिमागमा बस्न थालेका थिए।

त्यस्तै दयालाई सौगातले धेरै पहिला नै चिनेको भए पनि ुबुर्कीु नाटकमा गरेको काम हेरेपछि ुराम्रा अभिनेता रहेछन्ु भनेर चिन्न थालेका हुन्।

सौगात त्यही नाटकपछि आफूले दया कुन नाटकमा छन् भनेर खोज्न थालेको सम्झन्छन्।

समयक्रममा उनीहरूले रंगमंचमा आफ्नै प्रकारको स्थान र चर्चा कमाए।

रंगमंचको परिधिबाट उनीहरूको चर्चा ुलुटु सिनेमापछि थप व्यापक भयो। उनी नाटकका सिमित दर्शकबाट उनीहरू ुहाकु कालेु र ुगोफ्लेुका रूपमा व्यापक दर्शकहरू माझ पुगे।

दयाहाङ राई र सौगात मल्ल भन्ने बित्तिकै रंगमंच र सिनेमाका कुशल कलाकारको परिचय स्थापित भइहाल्छ।

ुलुटु यता नेपाली सिनेमामा उनीहरू महत्वपूर्ण अभिनेताका रुपमा स्थापित भइसकेका छन्।

 

सिनेमामा उनीहरूको प्रवेश र सफलताले त्यसअघि नेपाली सिनेमाको कथामा प्रमुख पात्र हुन केही निश्चित सौन्दर्यका मापदण्ड हुनैपर्ने आधारलाई भत्काउँदै नयाँ आधार खडा गर्‍यो।

उनीहरूको आगमनले परिवर्तनको बाटोमा भर्खर हिँड्न लागेको नेपाली सिनेमामा सुरुमा केही ‘रिजर्भेसन’ पायो। उनीहरूको आगमनलाई हौस्याइयो, स्वागत गरियो।

तर जसै उनीहरूका सिनेमाका संख्या बढे ‘राजेश हमाल’को पुनरावृत्ति, पैसामात्र हेर्ने र सिनेमाको गुणस्तरमा सम्झौता गर्ने कलाकारका रूपमा उनीहरूको आलोचना हुन थाल्यो, जुन आज पनि जारी छ।

उनीहरूको अभिनयमा कसैलाई शंका त छैन तर आजको दिनमा उनीहरूको सिनेमाको छनौट र तिनका परिणामहरूका लागि आरोपित र आलोचित भइरहेका छन्।

यिनका बाबजुद पनि आजको दिनमा सौगात र दया आफूले रोजेको चाहेको बाटो हिँड्न पाएकोमा खुशी छन्।

‘‍बच्चादेखि हिरो बन्ने सपना थियो। आफूले चाहेको काम गर्न पाइरहेको छु। सबैभन्दा ठूलो सन्तुष्टि यही रहेछ’, सौगात भन्छन्, ‘पुर्ण सन्तुष्ट हुन त अझ राम्रो काम गर्ने हो। अहिले पनि कतिपय कुरा मिलेको देखिदैँन, अलि मेहेनत गरेको भए हुन्थ्यो त लागिरहन्छ।ु

सौगातकै कुरामा सहमत छन् दया।

दयाले भने, ‘सिनेमा राम्रो भए जस पाउने र नराम्रोमा अपजस पाउने ‍हामी नै हो। सबभन्दा बढी आश नै हामीमाथि हुँदो रहेछ। कहिलेकाहीँ सिनेमा सोचेजस्तो बन्दैन। किन बन्दैन भन्ने बारे हामीलाई प्रस्टै थाहा छ, हामी हतारमा सिनेमा बनाउँछौं।’

यिनै आलोचना र उनीहरूको सिनेमा यात्रा तथा भोगाइका बारेमा सेतोपाटीले यी दुवै अभिनेतालाई एउटै फ्रेममा उभ्याउँदै एकअर्काबाट नै उनीहरूलाई खोतल्ने प्रयास गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्