घर जीवनशैली आज शनिबार ! भगवान् पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, हेर्नुहोस आजको राशीफल

आज शनिबार ! भगवान् पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, हेर्नुहोस आजको राशीफल

80
0

मेषः– काम गर्ने वातावरण सहज बन्दै जानेछ । मध्यान्ह पछिको समयले अझै साथी दिनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । साथी भाई इष्टमित्रको सहयोग सहानुभूति पनि मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिनेछ । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।

वृषः– समयलाई बुझेर काम गर्नु होला । काम गर्न पूर्वान्ह जति सहज मध्यान्ह पछि समय हुनेछैन । अरुको भरमा मात्रै काम नगर्नु होला । लगनशिलि भई गरेका काम सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाइ काम गर्नु होला । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तका कारण विवाद फसिन सक्छ सचेत हुनुुहोला ।

मिथुनः–पूर्वान्हमा कुनै काम नगर्नु होला असफल भईनेछ । मध्यान्ह पछि समयले विस्तारै साथ दिनेछ । बाधा व्यवधान हट्दै जानेछन् । कार्य लगनशिलता बढ्नेछ । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ तर प्रयत्न गरेमा समाधान गर्न सकिने छ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । अनुशन्धनात्मक कार्यमा बढि सफलता मिल्नेछ ।

कर्कटः– प्रातःकालमा गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछिका कामबाट गुमाउने मात्रै होला । खर्चका शिर्षक बढ्ने छन् । व्यापारबाट मुनाफ हराउनेछ । राम्रा काममा भन्दा नराम्रा काम बढि हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । अनावस्यक विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । चोटपटकको भय देखिन्छ ।

सिंहः– समय अनुकुल छ भन्दा बढि हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् । समयको सदुपयोग गर्नुहोला ।

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

तुलाः– काम गर्ने वातावरण अझै मिल्ने छैन । गलत चिन्तनको शिकार हुने सम्भावना देखिन्छ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– मध्यान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् भने अपरान्हबाट काममा अवरोध आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यवसायिक गतिविध कम हुनेछन् । सम्पन्नोन्मुख काम पनि रोकिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । जोखिम मोलेर काम नगर्नु होला ।

धनुः– समस्या सँग खेली खेली कार्य सम्पादन गरिनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र व्यवहार गर्नुहोला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । हरेक क्षेत्रमा कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला ।

मकरः–विना सोच विचार कुनै पनि काममा हात नहाल्नुहोला । योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । साझेदारी काम नगर्नु होला । विवादबाट टाढा बस्नु होला ।

कुम्भः– समस्याको पहिचान गरेर मात्रै काम अगाडि बढाउनु होला । भ्रममा नपरि काम गर्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिनेछ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।

मिनः– कुनै कुराको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । घर परिवारमा समस्या बढ्ने छन् । आफन्तबाट उचित सहयोग पाईने छैन । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट समोचित लाभ लिन सकिने छैन । पढाई र सन्तानको विषयलाई लिएर सन्तोष लिन पाईने छैन । लगानी नबढाउनु होला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्