
पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गराइएको छ।
सोमबार राती करिब २स्४५ बजे उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
विसफोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ तर के कति क्षति भयो भन्ने बारेमा एकिन भइसकेको छैन।
प्रहरीले कसले र के कारणले विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले आसन्न कास्की(२ को उप(निर्वाचनलाई लक्षित गर्दै त्रास उत्पन्न गराउने उदेश्यले विस्फोट गराइएको अनुमान गरिएको छ।