किन भत्काईदैछ बालुवाटारमा रहेको प्रधानमन्त्री निवास ?

0
62

नयाँ भवन बनाउन बालुवाटारमा रहेको प्रधानमन्त्रीको मुख्य निवास बुधबारदेखि भत्काइने भएको छ।

अहिले प्रधानमन्त्री निवासको मुख्य भवनमा मन्त्रिपरिषद्को पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ। उक्त बैठक सकिने बित्तिकै भत्काउन सुरू गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री भने नजिकैको एक तले भवनमा बस्ने प्रेस सल्लाकार थापाले जानकारी दिए। मुख्य भवन बनाउन कन्टेक प्राइभेट लिमिटेडसँग दसैंअघि नै सम्झौता भइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्