नेपाल स्वयंसेवक संघ गुल्मीले गर्यो अर्जुन डाडा सरसफाइ

0
402

अनिष पन्थी गुल्मी असार १३

नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बिच गुल्मीको एतिहासिक धार्मिक एवं पर्यटकिए स्थल अर्जुन डाडामा सरसफाइ कार्यक्रम समपन्न गरेको छ। मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले सरसफाइ कार्यक्रम समपन्न गरेको छ । यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट गुल्मी जिल्लामा पनि गठन भइ सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिनुभएको छ।पहिलो चरणमा आज अर्जुन डाडा सरसफाइ गर्ने र त्यसपछि गुल्मीको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष पाण्डेले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भनेउक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले गुल्मी जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने सस्थाका सचीव दिपेन्द्र खत्रीले जनकारी दिनुभएको थियो ।सरसफाइ कार्यक्रममा सस्थाका उपाध्यक्ष कल्पना घर्ती ,सचिव दिपेन्द्र खत्री ,सह-सचिव सरस्वती बिक, सह-कोषाध्यक्ष पबित्रा पाण्डे ,सदस्यहरु  अर्जुन थापा,सीता घिमिरे ,र मनिषा खनालको उपस्थित रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्