नेकपा र कांग्रेसका ६० कार्यकर्ताले गरे राप्रपामा प्रवेश

0
58

चितवन : नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६० जना कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन ‘ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन चितवन’ को बुधबार (आज) भएको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका ३५ र नेकपाका २५ जना युवाहरुले पार्टी प्रवेश गरेका हुन ।

राप्रपा जिल्ला सभापति तथा युवा संगठन चितवनका अध्यक्ष सरोज घिमीरेको अध्यक्षतामा भरतपुर ११ भोजाडमा भएको उक्त कार्यक्रममा विभिन्न बुद्धिजीविहरुको बाक्लो उपस्तिथी रहेको थियो।
राप्रपा चितवन जिल्ला पार्टी अध्यक्ष दिलीप पाण्डेको प्रमुख आतीथ्यता सम्पन्न सो भेला तथा कार्यक्रममा जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य , उपाध्यक्ष जीबलाल पुरी,जील्ला सदस्य जगदिश अधिकारी , एसान अन्सारी , सीताराम छतकुलि,प्रदेश सभा सदस्य ज्ञान जंग लामा लगायतको सहभागीता रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्