गुल्मीमा जिप दुर्घटना एकको मृत्यु

0
242

अनिष पन्थी 
गुल्मी, असार ६ – गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको अर्घाखाचीको मालारानी, हाडहाडे हुदै धनमुडा जादै गरेको ग १ ज ३९९७ नम्बरको गाडि चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । ६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजि १८ वर्षका तुल्सीराम काउछा रहेका छन ।
यस्तै सोहि ठाउकै गाडी चालक प्रदिप पुन र रमेश राना गम्भीर घाइते भएका छन । उनिहरुलाई उपचारको लागि सन्धीखर्क लगिएको छ । ३ जनाको अवस्था सामान्य रहेको छ । केशव काउछा ,खिम बहादुर काउछा र बिशाल काउछाको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक चुदालीले बताउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्