गुल्मीमा पनि काेराेना भाइरस विरुद्धकाे रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधी वितरण

0
93

बुटवल ४ ,अषाढ / रिया बस्नेत

बिश्व मानब जगतलाई प्रत्यक्ष असर पारिरहेकाे कोराेना भाईरस    अर्थात (काेभिड-१९) राेगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी मारवाडी सेवा समितिले नेपालका विभिन्न ठाउँहरुमा निःशुल्क बितरण गरेकाे छ ।

बुटवल उद्योग वाणिज्य संघसँग समंन्वय गरि गुल्मीमा पनि भाइरस विरुद्धकाे रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधी वितरण गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेकाे रिडर्स पब्लिक हाई स्कूलको व्यवस्थापनमा भाइरस विरुद्धको औषधी वितरण गरिएको बिद्यालयका प्रिन्सिपल श्रीप्रसाद भलामीले बताए।

बिहिबार देखि बितरण सुरु गरिएकाे एकै दिनमा १ हजार जनालाई ६ हजार पिस औषधी निःशुल्क वितरण गरिएको  भलामीले जानकारी दिए । खासगरी कोरना उपयोगी भनिएको यो औषधि सबै खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको रुपमा  बितरण गर्दै आएका छन ।

अन्य रोगसंगै कोरना संक्रमको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ । कोराेना महामारीको अवस्था थप जटिल र भयावहक हुन नदिन यो औषधि उपयोगी हुने बताएका छन । बच्चा देखि बृद्धसम्म दिर्घ रोगी सबैले खान मिल्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीको रुपमा प्रमाणित भइसकेको छ । यो औषधी आइसोलेशनमा रहेका बिरामीलाई पनि खुबाउन सकिनेे हुँँदा  जिल्लामा यस औषधिकाे माग अत्यधिक बढेकाे भलामी बताउँछन ।

यो औषधि खासगरी भारतमा उत्पादन हुने गर्दछ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।सन् १९१८ मा भएको स्पेनी फ्लुमा पनि यस्तै प्रकारको होमियोप्याथिक औषधि विभिन्न देशमा खुवाइएको थियो । त्यतिबेला यो औषधि सेवन गर्नेमध्ये जम्मा एक प्रतिशत मानिसमात्र उक्त फ्लुबाट मरेकाेे पाइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्