स्वयंसेवक संघ गुल्मी बाट सचिव मा खत्री

0
181

गुल्मी  ।नेपाल स्वयंसेवक संघ, गुल्मी बाट सचिब पदमा दिपेन्द्र खत्री मनोनित भएका छन् ।उनी सचिबमा मनोनित भएपछी खत्रीले आफुले पाएको जिम्मेवारी मन वचन र कर्मले पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।

नेपालका करिब ६०जिल्लामै शाखा बिस्तार गरेकाे यश सस्था गुल्मीमा पनी रहेकाे छ।उक्त संघले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् ।

त्यस्तै पुर्ब सचिबमा मनाेनित भएका पन्थीले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउन नसकेपछि उनले राजीनामा पत्र बुझाएका थिए।

नब नियुक्त मनोनित भएका दिपेन्द्र खत्री गुल्मी जिल्ला मा पत्रकारीता साथै विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध रहेकाे उक्त संस्था का अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्