रेडियो स्काइ गुल्मीमालोक आईडल सुरु हुँदै

0
96

अनिष पन्थी गुल्मी जेठ २४

गुल्मी जिल्लाको पहिलो सामुदायिक रेडियो स्काईमा आज 24 गते शनिवार देखि विहानी स्काई लोकआईडल सञ्चालक हुने भएको छ।
विहानी म्यूजिक शोलुसन काठमान्डौको मुख्य प्रायोजक सप्तक फिलिम्स प्राली बुटवल को प्रायोजक प्रेम राना र सुबास बोगटीको सह प्रायोजकमा हुने विहानी स्काई लोक आईडल सञ्चालन रहनेछ, जसमा प्रथम हुनेले अडियो भिडियो रेकर्ड गर्न पाउनु छ त्यस्तै गरि दोश्रो हुनेले अडियो रेकर्ड गर्न पाउनु हुनेछ भने तृतीय हुनेले नगद रु ३,०००/- र प्रमाणपत्र प्राप्त गर्न सक्ने छन्। जसको लागि सामुदायिक रेडियो स्काई को फोन नं. ०७९५२०७४० मा सम्पर्क गरी जानकारी लिन सक्नु हुनेछ। यो आईडल विशुद्ध नेपाली लोक संगीतलाई माया गर्ने र लोकपारखी मनहरुको मात्र लागि रहेको हो । जुन आईडल विभिन्न विधाहरुमा नभई लोक बिधामा रहने भएको हो। हरेक हप्ताको शनिवार विहान ९:१५ देखि सञ्चालन हुने कार्यक्रम गाँउबेशीका लोकभाका को बसाईमा रहनेछ भने यो आईडल करिब ६ महिनाको अवधि सम्म सञ्चालन हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्