निसीखोलाका कोरोना संक्रमितलाई जिल्ला अस्पताल बागलुङ पठाइयो।

0
214

गिरीजा कुंवर ,
जेष्ठ २३,राजकुट। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगले विश्व नै त्रसित बनाएको।विश्वको कयौ मानिस यस रोगको कारण मृत्यु भैरहेको समयमा बागलुङ पश्चिम् निसीखोला गाउँ पालिका ७ मा पनि कोरोनो भाइरसको संक्रमित देखिएको वडा अध्यक्ष तेजिन्द्र बिक्रम कुंवर नहकुलले जानकारी दिनु भएको छ।
अध्यक्ष कुंवरले भन्नू भयो हामीले नर्सिङकोटमा क्वारेन्टाइन बनाइ राखेका २५ जना मध्य ३ जनाको pcr जाँच गर्दा 1 महिला र 2 पुरुष गरि ३ जनाको रिपोर्ट पोजेटिभ भेटिएको बताउनु भएको छ। अध्यक्ष कुंवरले भन्नू कोरोना पुष्टि भएका हरु करिब दस एघार दिन अगाडी भारत बाट आएका थिए उहाले भन्नू भयो बाकी रहेका सबैलाई समय थप गरि अझै १४ दिन क्वारेन्टाइनमा राखिने बताउनु भएको छ।
कोरोना संक्रमित ३ जनालाई आज एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बागलुङ पठाइएको गाउँ पालिका अध्यक्ष तारानाथ पौडेल ले जानकारी दिनु भएको छ।अध्यक्ष पौडेल ले भन्नू भयो कोरोना बाट कोहि पनि त्रसित नबन्नुस् बरु सुरक्षीत बन्नुस् छिमेकी वडा साथै छिमेकी पालिकाका सबै सचेत बन्नुस् अध्यक्ष पौडेलले भन्नू भएको छ।
कोरोना संक्रमित जिल्ला अस्पताल बागलुङ लैजाने क्रममा गाउँ पालिका अध्यक्ष तारानाथ पौडेल,उपाध्यक्ष शोभा कुमारी कार्की र गाउँ पालिकाका स्वास्थ संयोजक टोप बहादुर साही को समेत उपस्थित रहेको नर्सिङकोट संरक्षक समितिका सचीव तिलक कुंवर ले जानकारी दिनु भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्