कोरोनाको कहर :एक छिमेकी आर्काे छिमेकी संग त्रास।

0
231

दिपेन्द्र खत्री ,
चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ।

नेपाल लकडाउन भएकाे पनि दुई महिना भन्दा माथी भई सक्याे,नेपालमा पहिलो पटक २०७६ माघ महिनामा देखिएको कोरोना आज सम्म आइपुग्दा ८८६ जनामा संक्रमण १८३ जना निको भई घर फर्किए भने ४ जनाको निधन भएको छ ।नेपाल लकडाउन भऐपछि नागरीकमा त्रास छ,नागरीक ले अहिले छिमेकिकै घर लाई सत्रु काे घर सम्झने अवस्था अाऐकाे छ।

अहिले भारतले नेपालको सुदुर पश्चिम प्रदेश अन्तर्गतको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेख मिचेपछि सतहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खाल लगाउनु पर्ने अभिमतलाई थप बल पुगेको छ । तर, सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला, त्यो सम्भव छ कि छैन । छ भने तारबार लगाउने बजेट कसरी जुटाउने भन्ने विषय एउटा गहन अध्ययनको बिषयको रुपमा चर्चा हुने गरेको छ ।

यतिबेला विश्वभर छरिएर रहेको नेपालको श्रमशक्ति क्रमश नेपाल भित्रिदै गरेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै उत्पादनशिल क्षमता भएका युवा बेरोजगारलाई ब्यवस्थापन गर्न सरकारले सिमामा पर्खाल लगाउन योजना अघि बढाउनु पर्दछ ।

कृषिको यान्त्रिकरण र ब्यवसायिकरण, उत्पादन प्रणालीमा सुधार गर्न सकियो र कृषकलाई मल, बीउ सिंचाइको प्रबन्ध गर्दै किसानले उत्पादन गरेका बस्तु उचित मुल्यमा सरकारले नै खरिद गर्ने गरि बजारीकरण गर्न सकियो भने आत्मनिर्भर, समुन्नत नेपाल निर्माण गर्न लामो समय कुर्नु नपर्ला कि ?

लेखक:-दिपेन्द्र खत्री
(विगत दुई वर्षदेखी धेरै मिडियामा अावद्द गुल्मी जिल्ला पत्रकार )
मालारानी गाउँपालीका वडा नः२( पटाैटी )अर्घाखाँची
                     सम्पर्क नः९८६३३२५१२१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्