गुल्मीका किसान खेतबारीमा काम गर्नै व्यस्त।

0
85

गोबिन्द भुसाल,जेष्ठ गुल्मी
बिस्व भर महामारीको रुप लिएको कोभिड १९ को रोकथामको लागी नेपाल सरकारले विभिन्न सुरक्षा र सतर्कता अपनाइ रहदा मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीले पनि विभिन्न सुरक्षा र सतर्कता अपनाइरहेको छ। भने बाझकटेरीबासीहरु आफ्नै घर र खेतबारीमा काम गर्न व्यस्त देखिन्छन्।यति बेला मकै खन्ने,कोदोको बिउ राख्ने देखि लिएर खेत रोप्नको लागी बाझो जोत्ने काम भइ रहेको देख्न पाइन्छ। तर देश कोरोनाको चपेटामा परिरहेको बेला यता किसान भने अज्ञात जातिको किराको चपेटामा परेका छन्।अज्ञात जातको किराले मकैको पात,गुभी र बोटमा ठुलो क्षति पुराएको धेरै किसानको गुनासो छ। यस्तो बेला किटनासक औसधि समेत पाउन मुस्किल भएको कुरा बताउछन्। त्यस्तै जति सक्दो यस किराबाट छुटकारा पाउन खोजेको र कृषि निकायले पनि सहयोग गरेमा बाझकटेरीबासिहरु खुसी हुने कुरा समेत धेरै किसानले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्