मन, वचन र कर्मले नागरिकको सेवामा लागीपरेका छै, अध्यक्ष भुसाल ।

0
375

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ?

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुने क्रममा ५ नम्बर प्रदेश अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वडा :२ काे अवस्थाबारे कुराकानी गरिएको छ । मालारानी गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा मालारानी गाउँपालिकाका वडा न:२ अध्यक्ष विस्णु प्रसाद भुसाल विनाेद र दैनीक पत्रीका खबरकर्मी दिपेन्द्र खत्री ले गरेको यो कुराकानी ।

:कोरोना भाइरस नियन्त्रणको लागि तपाईं काे वडाले के कस्ता कार्यहरू गरिहेको छ ?

– छिमेकी मुलक चीनबाट जुन कोरोना भाइरस कोभिड १९ फैलियो र यसलाई नियन्त्रण गर्नको लागि ससांरभरीका देशसँगै नेपाल सरकार पनि लागिरहेको छ । त्यस्तै नेपालका विभिन्न ७५३ वटै स्थानीय तहले पनि आफ्ना गतिविधि अगाडि बढाई रहेको अवस्थामा मालारानी गाउँपालिकाले पनि नीतिगत रुपमा विभिन्न कार्यहरू अगाडि बढाएको छ ।

पहिलो चरणमा आम वडावासीलाई यो रोग केहो ? कस्ता लक्षण देखा पर्दछन र कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी गरायौँ। साथै यो रोगबाट लड्नको लागि आवश्यक पूर्वाधारका कुराहरू वैज्ञानिक ढंगले अगाडि बढाएका छौँ ।

:क्वारेन्टाइन बेडको व्यवस्था, कसरी मिलाउनु भयो ,कति नागरिक तपाईंको वडामा भित्रिए ?

हाम्रो वडा भित्र २वटा क्वारेन्टाइन वनाएेका छै भने २० वटा बेडको निर्माण गरेका छौँ । हामीले आवश्यकता अनुसार क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौँ । ७ जना नागरिकहरु क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरी निस्किसक्नु भएको छ भने अहिले १२जना नागरिक क्वारेन्टाइनमा हुनु हुन्छ ।

क्वारेन्टाइन निर्माण गर्दा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य सहितलाई राखेर निर्माण गरेका थियौँ । हामीले अावस्यक अनुसार  एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।

:तंपाईको वडाले खाद्यान्नको आपूर्ति कसरी गर्नु भएको छ ? दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकहरुलाई कसरी सम्बोधन गर्नु भएको छ ?

– हामीले बिहान छ बजे देखि नौ बजेसम्म दैनिक उपभोग सामग्रीको खरिद बिक्रीको व्यवस्था मिलाएका छौँ । दिउँसोमा पसल खोल्दा भीडभाड हुने र साँझमा पसल खोल्दा मदिरा बिक्री वितरण हुने हुँदा यस्ताे खालकाे कदम उठाएका हाैँ । हामीले दैनिक उपभोग वस्तु ढुवानी गर्न सवारी साधन र औषधि बोक्ने सवारी र अन्य अत्यावश्यकलाई चल्ने सवारीलाई चल्न दिएका छौँ । जुन राहत वितरणको लागि केन्द्रीय सरकारले मापदण्ड बनायो र त्यस मापदण्ड अनुसार र यहाँको आवश्यकता अनुसार ढाँचामा परिवर्तन गरी राहत दिन योग्य व्यक्तिलाई राहत प्रदान गर्यौँ ।

:लकडाउन घोषणा र कार्यान्वयन गरिरहेको अवधि पनि दुई महिना भैसक्यो र जनताहरु पनि अत्तालिएकाे अवस्था छ ? यसलाई कसरी व्यवस्थित गर्नु भएको छ ?

– निर्वाचित जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधिहरु, क्लबका साथीहरु र पार्टीका भातृ सङगठन साथीहरुले सहयोग गर्नु भएको छ । अहिले पार्टीभन्दा पनि कोरोना भाइरससँग कसरी लड्ने भनेर लागि परिरहनु भएको छ ।

हाम्रो वडाका सम्पुर्ण सीमा नाकालाई व्यवस्थित बनाएका छौँ । सीमा नाकामा कोही नागरिक तथा सवारी प्रवेश गरेमा तुरुन्तै खबर गर्न व्यवस्था मिलाएका छौँ । उक्त व्यक्तिकाे अभिलेख राखी वडामा पठाउनु हुन्छ र हामीले अध्ययन गरी आवश्यक अनुसार अघि बढ्छौँ ।

;कोरोना नियन्त्रणको लागि यहाँका दिनसम्म आउँदा भौतिक संरचना बनाउँदा, लकडाउन कार्यान्वयन गर्दा के कस्ता चुनौती तथा समस्याहरु झेल्नु पर्यो ?

– सुरुमा केही कुराहरु बुझाउन गाह्रो भयो । नेपालीहरुको स्वतन्त्रत प्रवृति तथा तथा मौलिक स्वभावका कारण केही गाह्रो त भयो ।
तर पछिल्लो समय आम मालारानी गाउँपालिका वडा नः २वासीले हामीले अपनाएको जीवन रक्षा पद्धतिलाई पालना गर्नु भएको छ । गाउँपालिकाले गरेका सबै कार्यहरू हाम्रै लागि हो भन्ने अनुभूति गरिरहनु भएको छ ।

९:कोरोना भाइरसका कारण सम्पूर्ण नेपालीहरु त्रसित बनिरहेको अवस्थामा आम मालारानी वासी त्रसित हुनु नै स्वभाविकै हो । उहाँहरुको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश के छ ?

– सम्पूर्ण मालारानी गाउँपालिका वडा नः२वासी बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरू मात्र नभएर यो सञ्चारकाे दायरामा रहनु भएका आम नेपाली बुबाआमा, दाजुभाइ दिदिबहिनीमा एउटा जिम्मेवार सरकारको नाताले अहिले जीवन रह्यो भने विकास निर्माणका कार्यहरु पछि पनि गर्न सकिन्छ । नाता सुधार्नका लागि हिँडडुल नगराैँ । यो समयमा सबै एकजुट भएर सरकारले लागू गरेका निर्णयलाई पालना गर्नुहाेस् । यस कोरोना भाइरसले हामी सबैलाई अनुशासनमा बाँध्न सिकाएको छ । यस कोरोना भाइरसका कारण  कुनै पनि नेपालीको पनि क्षती नहोस् भनी लकडाउनकाे पालना गराैँ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्