आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सरकारको आर्थिक वर्षकाे नीति तथा कार्यक्रम आगामी १० गते प्रस्तुत गर्ने निर्णय गरेको छ।

0
106

बैशाख , ८ बुटवल

प्रदेश ५ मा आज बसेको मन्त्रीपरिषद बैठकले जेठ १५ गते गणतन्त्र दिवसकाे अवसरमा दीप प्रज्वलन गरी दिपावली मनाउने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम आगामी १० गते शनिबार  दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत गर्नेगरी निर्णय गरेको छ।तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने गरि आइसोलेसन केन्द्र बनाउनकाे लागि कोभिड कोषबाट रकम दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानाकारी दिनुभयाे ।

तेस्तै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया पनि प्रदान गर्ने  निर्णय गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्