प्रदेश ५ सरकारद्धारा काेभिड-१९ रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालनसम्वन्धी थप निर्देशन

0
40

बैशाख ४ , बुटवल

प्रदेश नं. ५  सरकारलेे काेभिड- १९ को रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र समुदायस्तरमा क्वारेण्टाइन र आइसोलेसन सेण्टर स्थापना संचालन र व्यवस्थापन सम्वन्धमा कार्य अगाडि  बढाएकाे छ । क्वारेण्टाइनको स्थापना र संचालन गर्ने  क्वारेण्टाइन वेड र कक्षहरु निर्माण र स्थापना गरी संचालन गर्दा देहायबमोजिम गर्ने ;१. होम क्वारेण्टाइन                                                        जिल्ला वाहिर गएका व्यक्तिहरु घर फर्केपछि घरको छुट्टै कोठा वा स्थानमा बस्ने व्यवस्था गर्ने । कम्तिमा १४ दिन परिवारसँग सामाजिक दुरी कायम गर्ने । होम क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नबसेको विषयमा टोल संस्थाले निगरानी र अनुगमन गर्ने ।
२. सामुदायिक क्वारेण्टाइन

टोल वा सामुदायिक संस्थाहरुले निर्माण गरी सञ्चालनमा ल्याउने ।जोखिमयुक्त जिल्लाबाट आएका र क्वारेण्टाइनको संख्या कम भएको स्थानका व्यक्तिहरुलाई समुदायले सुरक्षित तरिकाले बस्ने व्यवस्था मिलाउने । क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुका लागि आवश्यक लत्ता कपडा र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घर परिवारले गर्ने । क्वारेण्टाइनको सुरक्षा प्रवन्ध टोल वा समुदायले गर्ने । समुदायिक क्वारेण्टाइनमा सामाजिक दुरी कायम गरी सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकाले निगरानी र अनुगमन गर्ने ।
३. पालिकास्तरको क्वारेण्टाइन
पालिकाहरुले निर्माण गरी संचालन गर्ने । संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा राख्ने व्यवस्था गर्ने । नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड र दुरी कायम गर्ने । क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुले प्रयोग गरेका सामग्रीहरुको सुरक्षित तरिकाले डिष्पाेजल गर्ने व्यवस्था मिलाउने । सकभर आफन्तहरुसँग भेटघाट नगर्ने यदि वाध्यात्मक परिस्थितिमा भेटघाट गर्नुपर्ने भए कम्तिमा ३ मिटर भौतिक दुरी कायम गरी सुरक्षित तरिकाले भेटघाट गर्ने व्यवस्था मिलाउने । आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, खानेवस्ने, सरसफाइलगायतका व्यवस्था सम्वन्धित पालिकास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने वडा वा पालिकास्तरको क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकास्तरको कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रले निगरानी र अनुगमन गर्ने ।
४. जिल्लास्तरीय क्वारेण्टाइन
तराइका जिल्लाहरुमा जिल्लास्तर कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरको क्वारेण्टाइन स्थापना ‍गर्ने । क्वारेण्टाइनको संचालन जिल्लास्थित सुरक्षा निकायबाट गर्ने व्यवस्था मिलाउने ।
भारतबाट प्रवेश गर्ने अन्य प्रदेशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखी परिक्षणको व्यवस्था मिलाउने । परिक्षणको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन अस्पताल वा आईसोलेसन केन्द्र र नेगेटिभ आएमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सम्वन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउने ।

आइसोलेसन केन्द्र ;
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले स्थापना गरी संचालन गर्ने । पालिकाहरुले स्थापना गरेको खण्डमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी आवश्यक मापदण्ड पुरा गरी संचालन गर्ने । कोरोना संक्रमण पोजेटिभ देखिएका तर रोगको प्रत्यक्ष लक्षण नदेखिएका व्यक्तिहरुलाई राख्ने व्यवस्था मिलाउने । आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, सरसफाइलगायतका व्यवस्था सम्वन्धित जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्