दाङमा शक्तिको आडमा वडाध्यक्षकाे छोराद्धारा अवैध बालुवा डम्पिङ्

0
858

बैशाख २४ ,दाङ

वरिपरि हरियाे मकै बारि विचमा क्या गज्जबकाे नर्सरी । त्यहीँ नर्सरीमा, राप्ती नदिबाट अबैध रूपमा ल्याइएको बालुवा । दाङको देउखुरीमा वडाध्यक्षका छाेराले शक्तिको आडमा अबैध रुप मा नदीजन्य पदार्थ उत्खनन गरि डम्पिङ गरेको पाईएको छ । दाङको लमही नगरपालिका वडा नबर ८ का वडाध्यक्ष मेघनारायण चौधरीका छोरा खगेन्द्र चौधरीले अनाधिकृत रुपमा वडा नम्बर ८ अन्तर्गत पर्ने राप्तीनदीको क्षेत्रबाट उत्खनन गरि ३ सय ९७ . २८ घनमिटर बालुवा डम्पिङ गरिएको पाइएको हाे । खगेन्द्र चौधरी, २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांङ्ग्रेस तर्फबाट वडा नम्बर ८ मा निर्वाचित भएका वडाध्यक्ष चौधरीका कान्छा छोरा हुन् । चौधरीले राप्ती नदिबाट बालुवा उत्खनन गरेर कालिपुरवा घाट, पूर्वपश्चिम राजमार्ग देखि दक्षिण र झिलिमिली टोल गरि तीन स्थानमा डम्पिङ गरेका छन् ।

त्यस्तै वडा नम्बर ८ कै गोपाल चौधरीले १ सय ४१. ५, सुन्दर चौधरीले ६ सय ८०.७९, विकास चौधरीले ३ सय ९७.३६ र भगतनारायण चौधरीले२सय ९५.३७ घनमिटर राप्ती नदिबाट अबैध तरिकाले बालुवा उत्खनन गरेर डम्पिङ गरेका छन् । सुन्दर चौधरीले १ सय ७. २ अबैध ग्रेभेल समेत डम्पिङ गरेको पाईएको छ ।स्थानीय पालिकासंग कुनै समन्वय र अनुमती नलिएर उत्खनन् र डम्पिङ गरिएकोले यो बालुवा अबैध नै हो, जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर पौडेलले बताउनुभयो । गतबर्षको राजश्व नतिर्नेमा लमही नगरपालिका वडा नम्बर ७ मा रहेको बगार बाबा बालुवा प्रशोधन कम्पनी र वडा नम्बर ९ अमिलिया स्थित जय बागेश्वरी बालुवा प्रशोधन केन्द्र रहेको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।

आफुखसी नदिजन्य पदार्थ डम्पिङ गरेर राखेकालाई तुरुन्त नगरपालिकामा गएर राजश्व तिर्न सुझाव दिदै, यदि राज्यलाई कर छल्न खोजे कानुन बोमजिम कडा भन्दा कडा कारबाही गरिने नगरपालिकाका उप–प्रमुख देबका बेल्बासेले बताउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्