मेराे अधुराे प्रेम पत्र -दैनिक पत्रीका

0
361

एक दिनकाे कुरा हाे,म गाउँले मान्छे गाउँमै जन्मे,गाउँमै हुर्के ,गाउँमै खाए गाउँमै खेले,अनि गाउँकै विधालय पड्न जान्थे,यसै गरि मेराे वाल्यकाल विति रहेकाे थियाे।म धरकाे जेठाे छाेराे थिए,म भन्दा सानि मेरी प्यारी वैनी पनि थिई ,म चाहिँ शारीरिक रूपले अली अरू भन्दा कम्जोर पनि थिए,जस्काे कारण घरमा मलाई धेरै प्याराे गर्नु हुन्थ्यो ,मेरा भगवान् जस्ता मलाई जन्म दिने मेरा बाबू अामा ले पनि धेरैनै माया गर्नु हुन्थ्यो ।
सायद म शारीरिक हिसाबले कम्जोर भएरै हाे ला,साथी हरू संग धेरै रमाईलाे पनि गर्थे,यसै गरि मेराे वाल्यकाल विति रहेकाे थियाे,तर म यस्काे महशुस गर्ने मैका पाएन,सायद म घर परिवार ,समाज,अनि साथी भाई वाट फुलफुल भएर हाेला।यहि अन्तरालमा म पनि (चाैध)वर्ष काे पुगी सकेकाे थिए।तर मेराे व्यवहार भनी अझै (चार,पाँच )वर्षकै थियाे।

यस उमेरमा म कक्षा (दस)मा अध्यान गर्थे,त्यो वर्ष म धेरैनै विरामी भएकाे थिए।याे समयमा म विद्धालय जान नसक्ने अवस्थामा थिए,करिव (तीन)महिना विरामी पछि म विधालय जान सक्ने भएकाे थिए।करिव एक महिना पछि मेराे SLC परीक्षा थियाे,म तीन महिना विधालय नगएकै कारण मलाई दर लाग्न थालाे,मन मा विभिन्न कुरा हरू खेल्न थाले कसरि दिनि परीक्षा यदि परीक्षा दिएरनि फेल भए भने (दस)वर्षकाे मिहिनेत खेरा जान्छ,अनि मेरा भगवान् जस्ता मलाई जन्म दिने मेरा बाबू काे अगाडि कसरी अाउने,फेरि अार्काे तर्फबाट वाट साेचे परीक्षा दिन्छु,मेराे भविस्यकाे कुरा छ,म साथी हरू संग रमाईलाे गर्दै घरमा वसेर विधालय नगएको पनि त हाेईन,भन्ने मन भित्र कुरा खेल्न थाल्यो ,अनि म एक महिना मिहिनेत गरेर पडे,अनि SLC परीक्षा सुरू हुन पनि दुई दिन वाकी थियाे।

SLC परिक्षा दिन अरू विधालयमा जानू पर्ने थियाे,घर वाट हिडेर जान सम्भव नभएकाले परीक्षा भरि डेरामा वस्नु पर्ने बाध्यता थियाे,SLC काे दुई दिन अगाडि डेरा खाेज्ज म परीक्षा हुने विधालय नजिककाे घरमा गएर डेरा पनि खाेजे र घर फर्के अनि अार्काे दिन विहानै अाफु लाई चाहिने सामान,किताब,कापी लिएर डेरा खाेजेकाे घरमा गए,त्यो घरकाे सिधै पारी पट्टिकाे घरमा अरू विधालय वाट SLC दिनै भनेर अाएकी एक अपरिचित महिला रहेछिन,मेराे नजर उनी माथी पर्याे,म उनी माथी लगाएकाे नजर हटाउन सकेन,हेर्दा राम्री गहुँ गाेर्हाे उनकाे अनुहार अलि वेर हेरेकाे हेरै भए,न त ती अपरिचित लाई वाेलाउन सक्छु।न त उनी माथी परेकाे नजर हटाउन सक्छु।उनी पनि मलाई हेरेकाे हेरी थिईन,न त उनी बाेल्लिन न त मेराे उनी सम्क्षे बाेल्नि हिम्मत नै!करिव (बीस मिनेट )सम्म हेराहेर भएपछि उनकाे साथी उनी सम्क्ष अाईन र हामी दुवैको नजर एक अार्काे वाट हट्याे।

दिन यसरी नै वितिरहेकाे थियाे,परीक्षा पनि सुरू भयाे त्यो हेराहेर भएकाे दिन देखी परिक्षाकाे अन्तिम दिन सम्म हाम्रो भेट नभएकाे नत म उनी लाई देखे नत उनी मलाई परिक्षाकाे अाज अन्तिम दिन थियाे,मनमा डर पनि थियाे,परिक्षा काे भन्दा ती अपरिचित संग अाज पनि भेट नहुने हाे कि भन्ने ,अनि परीक्षा पनि सिद्दियाे म परिक्षा हल वाट कापी वुझाएर बाहिर निस्के ,अनि ती अपरिचित लाई अार्काे कक्षा काेठा वाट बाहिर निस्केकाे देखे,मनमा खुसी लागाे अनि मनमा नकारात्मक साेच जाग्याे,यी अपरिचित लाई मेरी प्रेमिका वनाउन पाएत्त भनी उनी भन्दा हतार हतार गेट बाहिर निस्के र उनीलाई हेरेर वसे उनी संग बाेल्नी ईच्छा थियाे,उनी पनि गेट बाहिर अाईन मेराे नजर उनी माथी नै थियाे,कतै बाेलि हाल्छिनकी भन्ने उनी मेराे अगाडि अाईन र पुल्लुक मलाई हेरिन् अनि मुस्कुराउदै केही शब्द नवाेली अगी लागीन म पनि उन्काे अगाडि केही बाेल्न सकेन पर पुगिन अनि मलाई फेरि पछाडि फर्केर हात हल्लाउँदै बाई गर्दै अाफ्नाे डेरामा छिर्रिन।

मनमा खुसी ठुलाे लाग्यो ,मलाईत्त उनकाे नाम के हाे, घर कहाँ हाे भन्ने सम्म थाहा थिएन,मलाई त्यो पहिलाे मुस्कानले उनी प्रती प्रेम वसेछ।उनकाे वारेमा मलाई केही कुरा थाहा थिएन,र फेरि उन्काे र मेराे भेट फेरि हुन्छ,कि हुदैन भन्ने सम्म थाहा थिएन।परीक्षा सिद्दिसकेकाे थियाे र घर पनि फर्कनु पर्ने थियाे।उनी डेरामा वसेकाे घरकाे मुल ढाेका हेरिरहेको थिए,तर उनी त्यो मुल ढाेका वाट बाहिर निस्किनिन् करिव (दुई धन्टाकाे)हेराई पछि म पनि घर जाने तयारीमा लागे!अनि घर फर्के अनि SLC दिएपछिकाे खाली समयमा मलाई उनकै त्यो पहिलाे मुस्कानले सताउथ्याे,मनमा विभिन्न किसीमका कुरा खेल्थे कतै उनी संग अब भेट नहुने हाे कि भन्ने , समय वित्दै गयाे ,SLC काे नतिजा पनि सार्वजनीक भयाे त्याे नतिजामा म पास भएछु मनमा खुसी लाग्याे।

अनि +2 पड्ने व्यवस्था गाउँमा नभएकाेले +2पड्न सदरमुकाम झरे अनि (कलेज) भर्ना काे लागि क्याम्पस गए,त्यँहा ती अपरिचित महिला पनि भर्ना काे लागि अाएकि रहेछिन्।उनिलाई देख्दा धेरै खुसी लाग्याे,अनि उनी अगाडि गएर कुराकाे बाहाना खाेज्न हेल्लाे भने उनी संगै उनिलाई भर्ना गर्न उनका वुवा पनि संगै अाउनु भएकाे रहिछ,उनले अाफ्नाे हातले ईसरा अाफ्नाे वुवा तर्फ लगीन,म केही वाेल्न सकेन र त्या वाट चुपचाप डेरा तिर फर्के ,अनि अार्काे दिन म कलेजमा गए उनी पनि अएकी रहेछिन,याे दिन उन्काे अगाडि वाेल्न म सकेन,खई किन,किन उनी पनि मेराे अगाडि वाेल्न सकिन्न।दिन वित्दै गए तर उनी र मेराे अाेर पर वाट मात्र देखादेख हुन्थ्यो ।उनी सम्छे वाेल्न नसक्दा उनी लाई एक पत्र मार्फत अाफ्नाे पहिलाे माया ईझार गर्न चाहान्थे।

समय बिद्दै गयाे उनकाे नाममा म एक पत्र लेख्न थाले, र पत्र पनि लेखे, उनी एक दिन साँझ पख तरकाली किन्न वजार झरेकि रहेछिन ,म पनि तरकाली किन्न भनेरै वजार झरेकाे थिए,उनकाे र मेराे वाटाेमा जम्का भेट भयाे।अनि त्यही म लेखेको प्रेम पत्र दिने साेचे र उनिलाई म अाफै बाेलाए, र उनी संग म सामान्य कुरा गर्दै थिए।त्यतिकैमा उनी समक्ष एक पुरूष अाए,म उसलाई पहिले कहि देखेकाे थिएन,र उसले पनि मलाई देखेकाे थिएन।म अन्याेलमा थिए म लेखेकाे प्रेम पत्र त्याे अपरिचित पुरूष अगाडि दिनेकी नदिने भन्न ,अनि उनले अाेठमा मुस्कुराउदै भनिन त्यो अपरिचित पुरूष लाई मेराे (कलेज) साथी अनि ती अपरिचित पुरूष लाई म नमस्कार गरे,अनि म साेधे ती अपरिचित पुरूष लाई हजुर चाँही भनी अनी उस्काे उत्तर अायाे (म उनकाे हुने वाला श्रीमान)अनि म भने हाेईन हाेला ठट्टा नगर्नुन म संग उत्तर अायाे (ल यस्तो कुरा मा नी ठट्टा हुन्छ र हाम्रो ईन्गेजमेट भई सक्याे विस्वास नभए हात हेर)हात हेरेकाे उस्काेमा ईन्गेजमेट काे अाैठी रहेछ। म ठुलाे छांगाे वाट खसेझै भए अनि निशव्द म त्यँहा घर फर्के ।

लेखकःदिपेन्द्र खत्री
मालारानी गाउँपालीका वडा नः२ पटाैटी
अर्घाखाँची

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्