अध्यक्ष प्रचण्डसँग दुरी बढेको छैन: प्रधानमन्त्री ओली

0
24

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दुरी बढ्ने कुनै सम्भावना नरहेको बताएका छन्।

बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केका ओलीले त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष दाहालसँग आफ्नो दुरी बढ्ने कुनै अवस्था नरहेको बताएका हुन्।

‘रमाईलो कुरा गर्नु भयो १ काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढ्ने सम्भावना र अवस्था दुवै छैन ।’

प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए। केही दिन अघि अध्यक्ष दाहालले स्वर्गीय नेता मदन भण्डारीसँग आफूलाई तुलना गरेका थिए।

सञ्चारकर्मीले त्यसमा पनि ओलीको धारणा सोधेपछि प्रधानमन्त्री ओलीले भने,‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ।’

उनले अघि थपे ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरू दुरी घटेको भन्नुपर्छ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्