गाउँपालीकालाई नेपाली कांग्रेसकाे ज्ञापनपत्र

0
168

दिपेन्द्र खत्री ÷ २ चैत,गुल्मी ।

नेपाली कांग्रेस मालीका गाउँपालीकाकाे कमीटी गुल्मीले मालीका गाउँपालीकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउदै गाउँपालीकालाई एक कार्यक्रम विच ज्ञापनपत्र बुझाएको छ ।गाउँपालीका अध्यक्षकाे नाममा रहेको ज्ञापनपत्र नेपाली कांग्रेस मालीका गाउँपालीका कमीटी अध्यक्ष उपेन्द्र अर्यालकाे नेतृत्वको टोलीले गाउँपालीका अध्यक्षकाे अनुपस्थितीका कारण प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीलाई बुझाएको हो ।

बुझाईएको ज्ञापनपत्रमा गाउँपालीकाले सुधार गर्नु पर्ने बुदा उल्लेख गरि सो बुदाँमा सुधार नगरीए कार्यालयमा तालाबन्दी लगायतका प्रजातान्त्रिक आन्दोदनका कार्य गरिने चेतावनी दिईएको छ ।राजनैतिक आस्थाका कारण शिक्षक सरुवाको लागि गाउँपालिकामै त्रास फैलिएको यस्तो किसिमको प्रवृती नगरी नागरिकहरुमाझ सत्य तथ्य जानकारी ल्याउन मालिका गाउँपालिका छायाँ सरकार सचिब रामचन्द्र पोखरेलले आग्रह गरेका छन् । गाउँपालिकाले सार्वाजानिक सुनुवाई तथा उपभोक्ता समिति गठन गर्दा राजनितिको आडमा नभई सबै नागरिकलाई सुचना दिएर मात्र गर्न रेखा कुमार जिसिले माग गरे । “मालिका गाउँपालिकाको सरकार नेकपाको मात्र नभई सिंगो मालिकाबासीको हो”, जिसिले भने, “त्यसैले सबैलाई सम्मान गर्दै अगाडी बढ्न सकेमा मात्र बिकासले फड्को मार्छ ।”

नेपाली कांग्रेस मालीका गाउँपालीका कमिटीले दिएको ज्ञापनपत्रको बुदाँहरुमा शिक्षा ऐन स्वऐच्छाचारी ढंगले पारित गराईएको, उपभोक्ता समिती गठन पारदर्शि नभएको, दलगत भावनाबाट प्रेरित भई सेवा प्रवाह गरिएको, छनौट गरिएका योजना असन्तुलित रहेको, गाउँपालीका सर्वदलिय बैठक तथा समन्वय नगरिएको, कार्यकर्ताका लागी बितरणमुखी बजेट बिनीयोजन गरिएको, लामो समय कर्मचारी अनुपस्थित हुदाँ कार्यलयको कार्य अबरुद्ध भएको लगायत छन । ज्ञापनपत्रको बोधार्थ संघिय मामिला तथा नेपाली कांग्रेस मालीका गाउँपालीकाकाे कमीटी गुल्मीले दिईएको छ ।

उता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भने शैक्षिक सुधारको लागि सबै भन्दा पहिलो पाटो दरबन्दी मिलान भएकाले दरबन्दी मिलान गरेर मालिका सबै बिधालयमा पत्र पठाउने तयारी भएको जानकारी दिए । गाउँपालिकामा आफु प्रमुख प्रशासकिय अधिकृत भई आईसकेपछि यस्तो किसिमको गल्ती गाउँपालिकामा नभएको पहिले भएको भएमा आफुले सुधार गर्दै गाउँपालिकालाई अगाडि बढाउने पनि भण्डारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्