आफैले काटेकाे रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु

0
2147

रामहरि श्रेष्ठ
ओखलढुंगा, १७ फागुन । ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५८ वर्षिय राजकुमार राई र ४० वर्षिय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिनुभयाे ।शनिबार दिउँसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनिहरुको ज्यान गएको प्रमुख राईले बताउनुभयाे । मृत्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन्

।उनिहरुले काट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई किच्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले किचेको राईको भनाई छ ।राजकुमार र अम्बर बिकले डोरी लागएर रुख तनेको र अर्का एकजनाले फेदमा काट्दै गरेको रुख लडेर उनिहरु भएकै स्थानमा आएपछि भाग्दा भाग्दै किचेको बताइएको छ । घटनाको बिषयमा थप जानकारी आउन बाकीँ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्