बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !

0
268

सागर भण्डारी
गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा विश्वलाई राख्न आफ्ना सम्पुर्ण संयन्त्रहरु अपनाईरहेको छ । चीनको अत्याधीक औद्योगीक उत्पादनका कारण विश्व शक्ति केन्द्र लामो समयको अन्तरालमा पुनः एसियामा फर्किरहेको छ । चीन र भारतको मात्र जनसङ्ख्या विश्वको तुलनामा १ तिहाई भन्दा धेरै छ । दुबै देश विश्व शक्ति राष्ट्र बन्ने होडमा हाम्रो जस्तो खुला अर्थतन्त्र भएको विकासोन्मुख राष्ट्रको अर्थतन्त्र ध्वस्त पारिरहेका छन् । आज उनीहरुको उच्चतम प्रविधी प्रयोग गरी गरीएको उत्पादनलाई हाम्रो जस्तो परम्परागत उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । त्यसैले भएका उद्योगहरु पनी धमाधम बन्द भैरहेका छन् ।

कोरला नाका, तातोपानी नाका, रसुवागढी नाका लगायतका चीन तर्फका नाकाहरु सबै महिनामा खुल्ने हो र चीनियाँ रेल विस्तार हुने हो भने आम उपभोक्तालाई ठुलो राहत हुनेछ । तर नेपालको कुल उत्पादनमा ठुलो नोक्सान पर्न सक्छ । जसले गर्दा देशको अर्थतन्त्र बिप्रेषण ९रेमिट्यान्स०मा मात्र निर्भर हुनुपर्ने परिस्थिती आउने सम्भावना प्रवल रहेको छ ।
बहस म्याग्दीमा केन्द्रित गरौं ।

दुरीका हिसाबले म्याग्दी जिल्लाकोे सामिप्यता चीनसगँ धेरै रहेको छ । अहिले दुर्त गतिमा अघी बढेको कोरला नाकाले म्याग्दीको अर्थतन्त्रमा ठुलो, सकरात्मक एवंम नकरात्मक प्रभाव पार्ने निश्चित छ । मुस्ताङ्ग, म्याग्दी हुदै कालिगण्डकी करिडोरको सडकको ट्याक निर्माण भैसकेको छ । अहिले यस सडकलाई स्तरीय बनाउनका लागि विभिन्न खण्डमा सडक स्तरोन्नतीको काम भैरहेको छ । यो करिडोर उत्तर–दक्षिण जोड्ने सबै भन्दा छोटो दुरीको सडक हुनेछ । यस राष्ट्रिय गौरवको आयोजनाबाट म्याग्दीले लिन सक्ने उच्चतम फाईदका साथै यसबाट पर्न सक्ने असरका बारेमा खुला बहसको आवश्यकता देखिन्छ ।

भौगोलिक अवस्था र विश्व परीवेस सगँ तुलना गर्ने हो भने म्याग्दी जिल्लाको विकास र समृद्धीका लागी अत्याधुनिक कृषी प्रविधीको उच्चतम प्रयोग र व्यवस्थित पर्यटन विकासमा जोड दिनु पर्ने देखिन्छ ।म्याग्दी उद्योग बाणिज्य सघंको आयोजनामा गत बर्ष ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ सम्पन्न भएको छ । घान्द्रुक–घोरेपानी, तातोपानी लगायतका केही स्थानमा आन्तरिक तथा वाह्य पर्यटनले केही शुभ सङ्केत देखिएपनी समग्रमा कार्यकम असफल रह्यो । आयोजकले कार्यक्रम समापन गरी कार्य–प्रगती विवरण सार्वजनिक नगर्नु, पर्यटन विकासका लागी सरोकारवालाहरुको बहस र बिमर्श अत्यन्त कमी हुनु जस्ता मुद्धा कार्यक्रम असफल भएका संकेत हुन ।
म्याग्दी भ्रमण बर्ष असफल हुनुका अन्य केही कारणहरु ।
१। पर्यटन पुर्वाधार बिनै भ्रमण बर्ष घोषणा गर्नु ।
२। भ्रमण बर्षको अवधीभर पनी पर्यटक स्थलको चिनारी दिने वेवसाईट निमार्ण नहुनु ।
३। सामान्य गुगल म्यापमा पर्यटकिय स्थलहरु ईङ्कित नहुनु ।
४। कुन किसीमका पर्यटक भित्राउने भन्नेवारे कुनै बहस नहुनु ।
५ तयारी बिनै भ्रमण बर्ष घोषणा गर्नु । आदी
असफल नै भएपनी म्याग्दी भ्रमण बर्षले राम्रो पाठ सिकाएको छ । म्याग्दी पर्यटन विकासमा भ्रमण बर्षको पाठ सिक्दै कुन किसिमका पर्यटक भित्राउने र कहाँबाट भित्राउने हो भन्ने खुला बहस पुनः म्याग्दी उद्योग वाणिज्य सघं, स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरुले सुरु गर्नु पर्ने देखिन्छ ।  म्याग्दी भएर जाने कोरला नाका र चिनको ठुलो जनसङ्ख्याको फाईदा उठाउन सक्ने हो भने म्याग्दीले पर्यटन मार्फत आर्थिक समृद्धीको सपना देख्ने मात्र होईन पुरा गर्न सक्ने अवस्था पनी आउँछ् । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथमा आउने तिर्थयात्रीहरुलाई गलेश्वरधाममा दर्शन गराउने र यस क्षेत्रमा भुलाउने वातावरण अझै तयार हुन सकेको छैन् ।
सर्वप्रथम स्थानीय सरकारले आफ्नो पर्यटन गुरुयोजना निमार्ण गरी व्यवस्थीत तवरले कसरी भित्राउने, उनिहरुको भौतिक तथा मनोबैज्ञानिक सुरक्षाको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

हामीसगँ भारत, युरोप लगायत अमेरीका बाट आउने पर्यटकका लागी सामान्य भएपनि ईङ्गलिस भाषा बुझ्न र बुझाउन सक्ने जमातको उपलव्धता छ । तर चिनीयाँ मुलुकबाट व्यापारका लागी वा पर्यटकको ओईरो लाग्यो भने के हामीसगँ उनिहरुसगँ वार्तालाप गरी उनिहरुको सामान्य आवश्यकता पुर्ति गर्न सक्ने जनशक्ति उपलव्ध छ रु सायद म्याग्दीले अझ सम्म त्यो ल्याकत राख्दैन१ तर यदि म्याग्दीमा पर्यटन मार्फत बेरोजगारी, ब्रेनड्रेनको अन्त्य, बैदेशिक रोजगारी वाध्यताको अन्त्य र विप्रेषणमा निर्भर अर्थतन्त्रलाई सुधार्ने हो भने अव जिल्लाका जनप्रतिनीधि र बौद्धिक मासहरुले चिनीयाँ भाषालाई पठन संस्कृती बनाउनुमा एक पटक गहन अध्ययन र बहसको आवश्यकता देखिन्छ ।
आज ईङ्गलिस भाषाको मोह किन छ रु किनकी अहिले विश्वको ईपिसेन्टर यु।एस।ए हो । आज हाम्रो संस्कृती, अर्थतन्त्र, सामाजिक व्यवस्था सर्बै पश्चिमा राष्ट्रहरुकै नियन्त्रणमा छ । तर पुनः हजारौ बर्ष पछि विश्व शक्ति केन्द्र चिन तर्फ फर्कदै छ । ‘वान वल्ड, वान रोड’ जस्ता योजना र मास ईन्डस्ट्रियल ईन्भेन्टिभ एण्ड ईनोभेटिभ प्रोडक्सनका कारण चिन विश्व शक्ति केन्द्र बन्दै छ । यसको फाईदा उठाउदै अव पर्यटन मार्फत हामीले आर्थिक समृद्धी हासिल गर्नुको विकल्प नेपालसगँ छैन् ।

चिन सरकारले चिनीयाँ दुतावास मार्फत चिनीयाँ भाषा अध्यापन गराउने विद्यालयलाई निशुल्क शिक्षक उपलव्ध गराउदै आएको छ । देशभरका प्रमुख सहरमा करिव ५ दर्जन विद्यालयहरुले ऐच्छिक विषयका रुपमा चिनीयाँ भाषा अध्यापन गराई रहेका छन् ।
के हामी म्याग्दी वासीहरुले कोरला नाकाको उच्चतम फाईदा लिनका लागी कम्तिमा पनि कक्षा ८ देखी ऐच्छिक विषयमा चिनीयाँ भाषा अध्यापन गराउन तयार हुन्छाँै रु प्रतेक माविमा नसके एक स्थानिय तह एक विद्यालयमा चिनीयाँ भाषा अध्यापन गराई पर्यटन विकासको पुर्वतयारीमा जुटौं । र स्थानीय तहहरुले चिनीयाँ भाषा तालिमको आयोजना गरोस । झट्ट सुन्दा केहि असान्दर्भिक लागेतापनी म्याग्दीको आर्थिक विकासका लागी दिर्घकालीन हित गर्नेछ । अव केही बर्षमा देशमै दसौँ हजार चिनीयाँ दोभासेको आवश्यकता पर्ने छ । बेरोजगारीको अन्त्यको लागी हामी पुर्वतयारी सुरु किन नगर्ने रु  नेपाल सरकारले सन।२०२० लाई भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ । तत्काल चिनीयाँ भाषाको शिक्षणशिकाईका लागी सामान्य तालिमको व्यवस्था गर्ने हो भने म्याग्दीले पनी भ्रमण बर्षको अत्याधिक फाईदा लिन सक्नेछ ।  जिल्लाका जनप्रतिनीधीहरु, बौद्धिक व्यक्तित्व, शैक्षिक वर्गहरु र जिल्लाको सकरात्मक परिवर्तन चाहाने परिवर्तन पे्रमी मनहरुले एक खुला बहसको सिर्जना गरौं । हावा र हैयाको भरमा पर्यटकीय विकास हुदैँन । व्यवस्थीत र बैज्ञानीक पर्यटकिय विकासमा सम्पुर्ण नेपालीले केही समय लगानी गरौं ।

श्रोत ः Myagdionline.com

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्