नोटबाट पनि सर्छ भाइरस

0
68

नोटबाट पनि सर्छ भाइरस

 डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल

सामान्यतया  फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन् । यस्तोमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको छ । पैसाकै माध्यमबाट कोभिड–१९ नामक कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको छ । प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको हो ।

न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् । अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।

कसरी जोगिने ?

संक्रमित व्यक्तिको सम्पर्क हुँदै सयौँजनाको हातमा पैसा स्थानान्तरण भइरहेको हुन्छ । यसले विभिन्न ब्याक्टेरिया तथा भाइरस पनि सँगै बोकेर ल्याएको हुन्छ । तसर्थ, पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । फोहोर हातले पैसा चलाउनु हुँदैन र बच्चाबाट समेत पैसा टाढा राख्नुपर्छ । बाहिरबाट आएपछि साबुनपानीले हात धुने बानी बसालेमा रोगका कीटाणुको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्