जब रोइरहेका मलामीलाई मृतकले हँसाए !

0
132

आयरल्याण्डका पूर्व सेना शे ब्राडली को मृत्यु ८ अक्टोबरमा भएको थियो । उनी लामो समय देखी विरामी थिए ।

उनी आयरल्याण्डको सुरक्षा फोर्समा पूर्व सेना थिए। गत शनिबार उनलाई आफ्नो चलन अनुसार चिहानमा पुर्ने तयारी गरिँदै थियो। मलामीमा आएका प्रायजसो रोइरहेका देखिन्थे। दुःखद घटनाको संगीत बजिरहेको थियो।

पुर्नका लागि तयार गरिएको कफिन भित्रबाट एक्कासी आवाज आयो ‘हेल्लो, हेल्लो यहाँ अन्धकार छ, मलाई यहाँबाट निकाल, म बाकसभित्र छु चाँडो मलाई बचाउ।’ यो आवाज ब्राडलीकै थियो।

मलामीहरु केहीबेर अचम्ममा परे। पछि बुझे कि त्यो आवाज मर्नुअघि ब्राडली आफैले रेकर्ड गरेर राखेका थिए। उनकी छोरी एन्ड्रियाले ट्वीट गर्दै त्यो काम आफ्नै बुबाको अन्तिम चाहानामा गरिएको बताएकी छिन्।

केही बेरअघि मात्रै रोइरहेका मलामीहरु उनको त्यो ठट्यौली थाहा पाएर हास्न थाले। सामाजिक सञ्जालमा राखिएको मलामीहरु हाँसिरहेको उक्त भिडियो अहिले भाइरल भएको छ।

ब्राडलीको मृत्यु पहिले नै निश्चित भएको र उनको चाहना अनुरूप नै उक्त भिडियो राखिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्