फेसबुकफोबिया

नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या बढ्दो छ । चाहे कम्प्युटरमा दक्ष ब्यक्ति होस् वा भर्खर कम्प्युटर सिकेका ¸चाहे कम्प्युटर होस या मोबाइल¸ चाहे घर होस या अफीस¸ चाहे बिहान होस या साँझ । हरेक ठाउँमा हरेक समयमा हरेक माध्यमबाट मानिसहरु फेसबुक सन्जालमा झुम्मिरहेको पाइन्छ । कम्प्युटर¸ ल्यापटप भएकाहरु कम्प्युटरबाट फेसबुकको प्रयोग गरिरहेको पाउँदछौ भने कम्प्युटर नै नभएकाहरु पनि मोबाइलमा मीग¸ निम्बुज¸ ई¬बड्डी जस्ता प्रोग्रामहरु राखेर फेसबुकमा कुराकानी गर्न तल्लिन देखिन्छन् । फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा मात्रै हैन विश्वभरी नै बढ्दै गएको देखिन्छ । सन् २०११ सम्ममा विश्वका ५० करोड भन्दा बढी मानिसहरु फेसबुकमा सदस्यता बनेको पाइएको छ । त्यसमध्ये कम्तीमा ५०% मानिसहरुले दिनमा कम्तिमा एकपटक आफ्नो अकाउन्ट चेक गर्ने गरेको पाइन्छ । इन्टरनेट वर्ल्ड स्टाट्सको तथ्याङ्क अनुसार एशिया दोस्रो ठुलो फेसबुक प्रयोगकर्ताको रुपमा चिनिएको छ। अझ देशको अनुसारको आकडा हेर्ने हो भने त बिकासशिल राष्ट्रहरुमा यसको प्रयोग बढी पाइन्छ । नेपाल फेसबुक स्टाटिस्टिक्स अनुसार हेर्दा १४¸५९¸३८० फेसबुक युजर रहेको पाइन्छ । विशेष गरी बेरोजगार तथा कलेज पढ्ने युवा युवतीहरु र फुर्सदको समय धेरै भएका मानिसहरु फेसबुकको राम्रो प्रयोगकर्ताको रुपमा मानिएको छ भने रोजगारी तथा ब्यस्त मानिसहरु पनि आफ्नो खाली समय वा ब्रेक टाइममा आफ्नो फेसबुक स्टेटस परिवर्तन गर्न र कमेन्ट तथा लाईक गर्न भने पछि पर्दैनन् । यसरी हाम्रो दैनिक जिवनसंग घनिष्ठता भएको फेसबुकको शुरुवात कसरी भयो भन्ने चाँही कतिपयलाई थाहा नहोला ।

फेसबुकको शुरुवात हार्वर्ड युनिभर्सिटिमा पढ्ने कम्प्युटर साइन्सका विद्यार्थी मार्क जुकरबर्ग (Mark Zuckerberg) र उनका समकक्षी साथीहरु इडुअर्डो सेभरिन¸ डस्टिन मस्कोभिज र क्रिस हुज ले गरेका थिए । शुरुमा यसको बास्तविक नाम फेसम्यास (Facemash) राखिएको थियो । दोस्रो बर्षमा अध्ययनरत मार्क जुकरबरेग ले फेसम्यास बाट हार्वर्ड का विद्यार्थीहरुलाई मनोरन्जन दिने उद्देश्यले यो वेवसाइटलाइ हट वा नट (Hot or Not) भन्ने खेलको रुपमा प्रस्तुत गरेका थिए । फेसम्यास वेवसाइट भिजिट गर्ने विद्यार्थीहरुले दुइवटा फोटोहरु संगै हेरेर तुलना गर्न सक्ने र कुन फोटो हट र कुन फोटो नट हो निर्णय दिन सक्ने सुबिधा दिइएको थियो । मार्क जुकरबर्ग को कम्प्युटरमा दक्षता राम्रो भएको हुनाले त्यतिबेला उनले हार्वर्डको सेक्युरीटी नेटवर्कलाई ह्याक (Hack) गरेर विद्यार्थीहरुको आई डी मा प्रयोग गरिएका फोटोहरु चोरेर आफ्नो वेबसाईटमा राखेका थिए । सन् 2003 अक्टोबर 28 मा शुरु गरिएको फेसम्यास केही दिन पश्चात् बन्द भयो । उनलाई हार्वर्ड युनिभर्सिटीको सेक्युरीटी¸ कपीराइट तोडेको र ब्यक्तिगत फोटोहरु चोरी गोप्यता भङ्ग गरेकोमा जरिवाना लगाइयो भने अन्तमा युनिभर्सिटीबाट नै निस्कासन गरियो।
त्यसैगरी फेब्रुअरी 4, 2004 मा उनले फेरी वेवसाइट रि लन्च गरे जस्लाई नाम दफेसबुक (Thefacebook) दिईयो । तर उनले फेरी समस्या खेप्नुपर्यो । उनलाइ हार्वर्ड युनिभर्सिटीले बनाएको हावर्डकनेक्ट(HarvardConnect) नामको सोसियल नेटवर्किङ्ग को नक्कल गरेको आरोप लगाइयो । केहीले उनि बिरुद्द अदालतमा मुद्दा पनि हाले तापनी पनि यो अदालत बाहिर नै सेलायो । पछि 2005 मा दफेसबुक लाई फेसबुक नाममा परिवर्तन गरियो र फेसबुक डट कम जुन डोमेन नेम किन्न मात्र $200,000 लागेको थियो। फेसबुक शुरुमा हार्वर्ड युनिभर्सिटिका विद्यार्थीहरु मात्र सदस्य बन्न पाउने नियम बनाइए पनि पछि अन्य युनिभर्सिटीका विद्यार्थीहरुलाई यो सुबिधा दिइयो । अन्तमा यसको लोकप्रियता संसार भर फैलियो । पछि लोकप्रियताले गर्दा यसको आम्दानी बढ्यो र मार्क जुकरवर्ग एका एक युवा खर्व पति को रुपमा चिनिए ।
यसरी सन् २००४ मा शुरु भएको फेसबुक केही बर्षमै खर्बौ पैसा कमाउन सफल भएको छ । यसले गत बर्ष (2011) मा मात्र 3.71 खर्ब डलर आम्दानी गरेको थियो । जस्मा मुख्यतया ८५ प्रतिशत बिज्ञापनबाट र १२ प्रतिशत जिङ्गा (Zynga) बाट आम्दानी गरेको छ । जिङ्गा इन्टरनेट मार्फत भर्चुअल सामानहरु(Virtual Goods) बेच्ने चर्चित कम्पनि हो जस्ले केही बर्ष अगाडि देखि फेसबुक संग सहकार्य गर्दै आएको छ । फेसबुकमा धरै प्रयोगकर्ताले अनलाइन खेल्न मन पराउने फार्म भिल्ले(FarmVille), क्याफे वर्ल्ड (Café World) जस्ता अनलाइन गेमहरु पनि जिङ्गा कै उत्पादन हो । त्यस्तै फेसबुकले समय अनुसार आफ्ना विशेषताहरु(Features) थप्ने तथf परिवर्तन गर्ने गर्दछ । केहि महिना अघिदेखि टाइमलाइन (Timeline) शुरुवात गरेको फेसबुकले फेरी नयाँ फोटो सम्बन्धी प्रोग्राम (Photo apps) इन्स्टाग्राम (Instagram) ल्याउने भएको छ । यो प्रोग्राम आइफोन तथा एन्ड्रोइड (Android) फोनहरुमा प्रयोग गरिएको यस्तो फोटो प्रोग्राम हो जसबाट हामिले क्यामराबाट खिचेको फोटोहरुलाइ विभिन्न फोटो फिल्टर इफेक्ट हरु राखि सिधै इन्स्टाग्राम, फेसबुक, ट्वीटर जस्ता सोसियल नेटवर्क हरुमा पठाउन सकिन्छ । यसको लागि फेसबुकले 1 खर्ब डलर खर्च गर्ने सहमती गरेको छ ।
हामीले फेसबुक चलाउँदा हाम्रो प्रोफइलको दायाँतिर आउने बिज्ञापनहरु नै फेसबुकको आम्दानी हो । यस्ले लोकप्रियता पाउनुको मुख्य कारण नै धेरै भन्दा धेरै मानिसहरु यो वेबसाइटमा धेरै समय बिताउनु हो । लोकप्रियताकै कारण पनि आजकल पत्र पत्रिकाले पनि फेसबुकका सामाग्री हरुलाई स्थान दिएको छ । अवश्य पनि हाम्रो ब्यस्त जिबनमा यस्ले साथीभाइहरुसंग प्रत्यक्ष कुराकानी गर्न¸ भिडियो¸फोटो तथा बिचारहरु आदानप्रदान गर्न धेरै सहज गराएको छ । तर आजभोली यसबाट विकृती बढ्न थालेको छ । अरुको वाल(Wall) मा नराम्रा फोटो तथा भिडियोहरु ट्याग गरिदिनु¸ अरुको नाममा नक्कली अकाउन्ट (Fake Account) बनाइ अरुको बदनाम गरिदिनु¸ यौन सम्बन्धी सामाग्री जस्तै भिडियो तथा तस्बिरहरुको प्रचार गर्नु¸ अरुलाई गाली गलौज गर्नु आदी कार्यहरु ले राम्रो मानिसहरुको इज्जत तथा प्रतिष्ठामा नराम्रो असर परेको छ । फेसबुकको कारण कतिपय युवा युवतिहरुले आत्महत्या गरेको कुराहरु पनि सुन्नमा नआएको हैन । यसकै कारण एकातिर कतिपय साथीहरु बिच झगडा तथा श्रीमान श्रीमती बिच मन मुटाव को अवस्था सिर्जना भएको छ भने अर्कोतिर कलेज पढ्ने विद्यार्थीहरुको अध्ययनमा त झन् गम्भिर असर परिरहेको छ ।
बास्तवमा अहिलेको पुस्तालाई हेर्दा यस्तो लागिरहेको छ कि कुनै जादुगरले फेसबुक भन्ने बस्तु बनाइदियो र सबै जना त्यसमा रुमल्लिरहेका छन् । यसरी रुमल्लिरहदा एकचोटी सोचौ त कतै हाम्रो महत्वपूर्ण समय त गुमिरहेको छैन ? कुनैपनि कुराको राम्रो र नराम्रो पक्ष भएझै फेसबुकको पनि राम्रा र नराम्रा पक्षहरु छन् । आफ्ना बिचारहरु तथा घटनाहरु साथीभाइ आफन्तहरुलाई फेसबुक मार्फत बाँड्नु राम्रै कुरा हो तर यसमा आनावश्यक कुरा गरेर धेरै समय बिताउनु भने पक्कै राम्रो हैन । हाम्रो काम र पढाइ भन्दा फेसबुक महत्वपुर्ण छैन । त्यसकारण यसलाई ठुलो बिषयबस्तु को रुपमा नलिई फुर्सदको समयमा साथीभाइ तथा आफन्तसँगको भेटघाट गर्ने माध्यमको रुपमा मात्र लिनु उपयुक्त होला नत्र समाजमा एउटा नयाँ रोगको उत्पन्न हुनेछ “फेसबुकफोबिया” ।

‌ओम प्रकाश आले
एम एस सी आइटी (MscIT)
prakash.ale351@gmail.com

यसबारे तपाँइको प्रतिकृया के छ ? तल लेख्नुहोस् ।

प्रतिकृया प्राप्त भयो